After SEE Portal

शिक्षक अस्पताल भरतपुरमा

Bridge Course

शिक्षक अस्पताल चितवनको भरतपुरमा निर्माण हुने भएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले भरतपुर महानगरपालिका वडा नम्बर १५, भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका प्रेस संयोजक विमल खड्काले मन्त्रिपरिषद्ले सो निर्णय गरेको जानकारी दिए । अस्पतालले कित्ता नम्बर ५०, ५१, ५१, ६०, ६१, ६२ र ६३ मा रहेको २१ बिघा जग्गा चर्चिनेछ ।

शिक्षक अस्पताल निर्माण गर्न डा. विमल शर्मा चालिसेको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन गरिएको थियो । सो कमिटीले भरतपुर महानगरपालिकाको भगवानपुर, मकवानपुरको चित्लाङ र भक्तपुरको सूर्यविनायक नगरपालिकामा निर्माण गर्न सिफारिस गरेको थियो । सो अध्ययन कमिटीले सबैभन्दा उपयुक्त चितवनको भरतपुरमा हुने सिफारिस गरेको थियो ।

सरकारले सो निर्णय गरेपछि अब अर्थ मन्त्रालयले अस्पतालका लागि बजेट विनियोजन गर्नुपर्ने हुन्छ र त्यसपछि टेण्डर प्रक्रिया सुरु हुनेछ ।

यसैगरी आजको बैठकले ३१ जिल्लामा सीएलपीआईयूको अस्थायी दरबन्दी कायम गर्ने निर्णय पनि गरेको छ ।

 

A Levels MA