After SEE Portal

शिक्षामन्त्रीले त्रिविसँग सुधार योजना मागे

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय सुधारका योजना मागेका छन् ।  सोमबार मन्त्रालयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितको छलफलमा मन्त्री पौडेलले विश्वविद्यालय सुधारका योजना मागेका हुन् ।

“मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छ” उनले भने, “देशका ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिभुवन विश्वविद्यालयले नयाँ योजना दिनुुपर्यो । हामी कार्यान्वयनको प्रक्रियामा लैजान्छौँ ।”

मन्त्री पौडेलले वार्षिक एक खर्ब रुपियाँभन्दा बढी रकम मेडिकल शिक्षाका लागि विदेश गइरहेको चर्चा गर्दै काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले त्यसलाई रोकेर नेपालमै विद्यार्थीलाई पढ्ने वातावरणको सिर्जना गर्नुृपर्ने बताए ।  

काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्विद्यालयले मेडिकल कलेज पढ्ने विद्यार्थीका लागि सोच्नुपर्छ भन्दै मन्त्री पौडेलले भने, “काउन्सिलको परीक्षासहित अध्ययनको व्यवस्था यही गरौँ । विद्यार्थीले नेपालमै पढ्ने वातावरण तयार गरिदिनुपर्छ ।”

उनले कोष र गुणस्तरमा मन्त्रालयले हस्तक्षेप नगर्ने स्पष्ट पार्दै विद्यार्थीलाई नेपालमै पढ्ने वातावरणको सिर्जना गरी त्यसका लागि मन्त्रालयले गाँठो फुकाउनेमा आफू प्रतिबद्ध रहेको बताए ।

त्रिभुवन विश्विद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयको भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री विश्वविद्यालय, अनुसन्धानलाई प्राथमिकता लगायतका विषयलाई शैक्षिक पात्रोमा व्यवस्था गरिएको र त्यसको कडाइका साथ पालना गरिने बताए ।

उनले राजनीतिक आडमा विभिन्न संगठनले तालाबन्दी गर्दा विद्यार्थीको पढाइ प्रभावित भएको बताउँदै भने, “विभिन्न राजनीतिक दलका कार्यकर्ताले १४९ दिन तालाबन्दी गरे । हामी असुरक्षित छौँ ।  गृह मन्त्रालयलाई सुरक्षाको माग गर्दा विश्वविद्यालयमा प्रहरी पठाउन मिल्दैन भन्ने जवाफ दिइन्छ ।”

 

 

 

A Levels MA
Thuprai - Books and E-books