After SEE Portal

गोकर्णेश्वरका विद्यालय माघ २३ गतेदेखि खुल्ने

Bridge Course

गोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि भौतिक रुपमा पठनपाठन गराउने भएको छ ।

नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीको चाहना तथा शिक्षा समितिको १८ गतेको बैठकले नगरपालिकाभित्रका सबै विद्यालय, शिक्षालय भौतिक रुपमा खुल्ने भएका हुन् ।

सामाजिक एवं भौतिक दूरीको पालना, गरी स्वास्थ्य र सुरक्षाका सबै मापदण्य पालना गरी पूर्ण सजगताका साथ विद्यालयमा २३ गते देखि सञ्चालनमा आउन लागेको नरपालिकाले एक सूचना जारी गरी जानकारी दिएको छ ।

विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना भए नभएको नगरपालिकाबाट अनुगमन गरिने र सो अनुसार नपाइएमा नियमानुसार भइजाने सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिका भित्रका १२ वर्ष माथिका ९० प्रतिशत विद्यार्थीले कोरोना विरुद्धको खोेप लगाइसकेको हुनाले नगरपालिकाले विद्यालय भौतिक रुपमा आलोपालो प्रणाली अपनाएर सञ्चालनमा ल्याउन लागेको नगर प्रवक्ता मनोजकुरमार ढुङ्गानाले जानकारी दिए । ‘नगरमा कोरोना सङ्क्रमणको अवस्था सामान्य रहेको छ ।’ उनले भने, ‘नगरभित्रका १२ वर्ष माथिका १६ हजार १४२ विद्यार्थीले कोरोनाको खोप लगाइसकेका छन् अब ।१५०० विद्यार्थी लगाउन बाँकी छन् १२ वर्ष माथिका ९० प्रतिशतले खोप लगाइसकेको हुनाले आलोपालो प्रणाली अन्तर्गत एक कक्षामा २५ जना बालबालिकालाई राखेर पढाउने गरी विदालय खुल्न लागेका हुन् ।’

A Levels MA