After SEE Portal

एसईईको तयारी पुरा

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी सकिएको जनाएको छ ।

चैत १५ गतेदेखि सुरु भई २७ गते  सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन्। यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्रकायम नै रहेको छ। गत वर्ष दुई हजार ३७ परीक्षा केन्द्र थिए । यस वर्ष २० वटा थपिएका छन् ।

परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक–एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थीबराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइने उनको भनाइ छ।

परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने बोर्डले जानकारी दियो ।

बोर्डका अनुसार एसईईमा ७१ विषय भए पनि सबैमा विद्यार्थी छैनन् । त्यसैले नयाँ पाठ्यक्रमका २० र पुराना पाठ्यक्रमका २० विषयमा प्रश्नपत्र छपाइ  गरिएको छ । यस वर्षबाट कक्षा १० मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएको छ । गत वर्षका करिब २० हजार विद्यार्थीको ग्रेडवृद्धि परीक्षा पनि हुनेछ ।  बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण  नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । आवश्यक सामग्री (प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौं जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिए। 

परीक्षाका लागि आवश्यक पर्ने सवै सामग्री पठाइएको उनले बताए ।  नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको जानाकरी दिए ।  दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। 

प्रत्येक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो। यस वर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको छ।

यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिनेछ । अक्षराङ्क पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिँदैछ । ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् एनजी उल्लेख हुनेछ । यसले एसईई पूरा नभएको जनाउँछ ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलोपटक बोर्डले एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।  परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने भन्दै एक सय पूर्णांक रहेको विषयमा ३५ अंक र ७५ पूर्णांक रहेको विषयमा २७ अंक ल्याउनुपर्ने उनले बताए।

परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्नेछ। ३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए।

A Levels MA
Thuprai - Books and E-books