विचरा थेसिस अन्त्यमा कवाडखानामा (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक २७–मंसीर ३)

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा राख्ने स्थान अभाव भएपछि जम्मा भएका शोधपत्र (थेसिस) बर्सेनि कवाडिलाई बेच्ने गरिएको छ ।

गोपनीयताका साथ धुल्याउने नाममा कबाडीलाई ती शोधपत्र बेच्ने गरिएको छ । प्रतिशोधपत्र १२ रुपियाँका दरले बिक्री गर्ने गरिएको पनिकाले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले आगामी वर्षबाट प्रतिथेसिसको मूल्य १५ रुपियाँ बनाउने योजना बनाइएको सुनाउँछन् ।

विचरा त्रिविको नयाँ कार्यक्रम

शिक्षाशास्त्र संकायद्वारा सञ्चालित एक कार्यक्रममा पढ्ने विद्यार्थी नै नभएपछि बन्द हुने भएको छ । त्रिविले गत वर्षदेखि महेन्द्ररत्न क्याम्पस ताहचलमा सञ्चालनमा ल्याएको अनलाइन कार्यक्रम अधिस्नातक तह (पीजीडी) बन्द  हुने भएको हो ।

अन्य संकायबाट स्नातक तह उत्तीर्ण विद्यार्थीलाई शिक्षा शास्त्रमा पनि स्नातक वा सो सरहको मान्यता दिने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त कार्यक्रममा विद्यार्थीको आकर्षण नदेखिएपछि बन्द गर्नुपर्ने अवस्थामा शिक्षा शास्त्र संकाय पुगेको छ । दुई सेमेष्टरमा पुरा हुने यो  कार्यक्रममा सामाजिक अध्ययन शिक्षा तथा गणित शिक्षा दुई विषयगत समूहमा पठनपाठन गराउने लक्ष्य राखिएको छ ।

अन्योलमा प्यारामेडिकलका विद्यार्थी

साप्ताहिकचिकित्सा शिक्षाको स्नातक तहका प्यारामेडिकल समूहका विद्यार्थीले कलेजले सूचना जारी गरेपछि भर्ना हुन जाने भन्दै प्रतिक्षा गरेको महिनौं बित्यो । तर आफूले रोजेको कलेजले अहिलेसम्म भर्नाका लागि बोलाएको छैन । आफूले रोजेर विश्वविद्यालयमा नै सिधै भर्ना भएर गएका विद्यार्थी पनि सम्बन्धित कलेजले प्रक्रिया पुर्याएर भर्ना नलिँदा निरास भएका छन् । साढे एक वर्षको प्रतिक्षा पछि एकीकृत प्रवेश परीक्षा पास गरेर गएका विद्यार्थी अहिले आफूले चाहेको विषय र कलेज पढ्न नपाइने हो कि भन्ने मानसिक चिन्तामा परेका छन् ।

एक वर्षपछि मात्र शिक्षक लाइसेन्सको परीक्षा

शिक्षक सेवा आयोगले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका अनुसार एक् वर्षपछि मात्र अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा गर्ने भएको छ । बार्षिक कार्यतालिका अनुसार आयोगले बार्षिक कार्यतालिका सार्वजनिक गर्दै फेरी पनि तिनै तहका शिक्षक छनोट गर्ने उद्घोष गरेको छ । विद्यालय तहको संरचना आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२ ) सञ्चालन भएको एक् दशक बितिसक्दा पनि शिक्षक अझै पनि तिन तहका छनोट हुने भएका छन् । त्यो भन्दा पनि रमाइलो पक्ष त माध्यमिक तहको कक्षा ११ र १२ विद्यालय तहमा २०७३ सालमा गाभिएको भएपनि अझै पनि प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तह कक्षा १० सम्ममात्र शिक्षक छनोट गर्ने गरी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

वर्सौंको प्रतीक्षापछि आयोगले सार्बजनिक गरेको शिक्षक पदपूर्ति, आन्तरिक बढुवा र अध्यापन अनुमतिपत्रसम्बन्धी कार्यतालिका सार्बजनिक गरेंसंगै अध्यापन अनुपतिपत्र लिएर बसेका करिब सातलाख परीक्षार्थी आयोगको तयारीमा जुटेका छन् ।

कक्षा १२ को परीक्षाफल

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षाफल मंसीर १५ गते भित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ । उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने कार्य ५० प्रतिशत सकिसकेको बोर्डले जानकारी दियो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले सबै काम एकै साथ भएकालाई यसलाई परीक्षण तथा सम्परीक्षणको कार्य भइरहेको उनले जानकारी दिए । ‘अहिले हामीले सबै काम एक साथ गरिरहेका छौं ।’ उनले भने, ‘सक्दो छिटो नतिजा सार्वजनिक गर्नेछौं ।’

प्रधानध्यापकको कार्यसम्पादनबारे विवरण माग

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयका प्रधानध्यापकको कार्यसम्पादनबारे विवरण मागेका छन् । 

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले आयोजना गरेको शिक्षा एकाइका प्रमुखहरुको कार्याशालमा उनले देशभरका सरकारी विद्यालयका प्रधानाध्यापकहरुले गरेका कामको विवरण मागेका हुन् । 

“मन्त्रालय शिक्षा प्रणाली सुधार्न लागिपरिरहेको छ” उनले भने, “विद्यालयमा शैक्षिक क्षेत्र सुधार्ने जिम्मेवारी प्रध्यानध्यापकको हुन्छ । उहाँहरुको सक्रियता कति छ मलाई विवरण चाहिसाप्ताहिकसाप्ताहिकयो । त्यो मलाई दिनुहोस् ।”

Thuprai - Books and E-books