After SEE Portal

कबाडीलाई बेचिन्छ थेसिस

Bridge Course

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा राख्ने स्थान अभाव भएपछि जम्मा भएका शोधपत्र बर्सेनि बेचिन्छन् ।

गोपनीयताका साथ धुल्याउने नाममा कबाडीलाई ती शोधपत्र (थेसिस) बेच्ने गरिएको छ । प्रतिशोधपत्र १२ रुपियाँका दरले बिक्री गर्ने गरिएको पनिकाले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले आगामी वर्षबाट प्रतिथेसिसको मूल्य १५ रुपियाँ बनाउने योजना बनाइएको सुनाउँछन् ।

स्नातकोत्तर तहका विद्यार्थीले तीन प्रति शोधपत्र बुझाउनुपर्ने नियम छ । एकप्रति परीक्षा नियन्त्रण कार्यालयमा, एक प्रति केन्द्रीय पुस्तकालयमा र अर्काे एक प्रति सम्बन्धित क्याम्पसमा बुझाउनुपर्ने हुन्छ । पनिकामा सबै विषयका हजारौँ सङ्ख्यामा शोधपत्र बर्सेनि जम्मा हुने गरेको छ । यसरी जम्मा भएका शोधपत्र प्रयोजनविहीन अवस्थामा थन्क्याउनुपर्ने भएपछि २०५६ सालदेखि कबाडीलाई बेच्ने गरिएको छ । खरिद गर्नेले गोपनीयताका साथ धुल्याउनुपर्ने भए पनि शोधपत्रका पानाबाट तयार भएका प्याकेट किराना पसलहरुमा सहजै भेटिने गरेको छ ।

परीक्षा नियन्त्रक जोशीले राष्ट्रिय योजना आयोग, भाषा आयोग लगायतका संस्थाले कतिपय शोधपत्र छानेर लगेको बताउँदै भने, “हामी कहाँ राख्ने स्थान अभाव छ । ती आवश्यक पर्नेलाई हामीले दिन तयार छौँ । तर कोही पनि लिन आउँदैनन् ।”

पनिकाले गत शुक्रबार शोधपत्र बिक्री गरेको छ । यस पटक शोधपत्र लिएर जानेले ट्रकमा ओसार्दै गैँडाकोट लिएर जान लागेको बताएका थिए । हरेक शोधपत्र प्रायः कम्तीमा एक केजीको हुने गरेको छ । पनिकाले बिक्री गरेको स्नातकोत्तर तहका शोधपत्र वार्षिक परीक्षा प्रणालीअन्तर्गतका विद्यार्थीले बुझाएका हुन् ।

उनले सेमेस्टर प्रणालीअन्तर्गतका विद्यार्थीले बुझाएको शोधपत्र सम्बन्धित डिन कार्यालयमा जम्मा भइरहेको बताउँदै भने, “डिन कार्यालयहरुमा पनि चाङ् लागिसकेको छ । त्यहाँ पनि राख्ने ठाउँ छैन । सम्भवतः छिटै डिन कार्यालयहरुले ती थेसिस बिक्री गर्नेछन् ।”

A Levels MA
Thuprai - Books and E-books