After SEE Portal

त्रिविको नयाँ कार्यक्रम, शून्य विद्यार्थी

Bridge Course

शिक्षाशास्त्र संकायद्वारा सञ्चालित एक कार्यक्रममा पढ्ने विद्यार्थी नै नभएपछि बन्द हुने भएको छ । त्रिविले गत वर्षदेखि महेन्द्ररत्न क्याम्पस ताहचलमा सञ्चालनमा ल्याएको अनलाइन कार्यक्रम अधिस्नातक तह (पीजीडी) बन्द  हुने भएको हो ।

अन्य संकायबाट स्नातक तह उत्तीर्ण विद्यार्थीलाई शिक्षा शास्त्रमा पनि स्नातक वा सो सरहको मान्यता दिने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त कार्यक्रममा विद्यार्थीको आकर्षण नदेखिएपछि बन्द गर्नुपर्ने अवस्थामा शिक्षा शास्त्र संकाय पुगेको छ । दुई सेमेष्टरमा पुरा हुने यो  कार्यक्रममा सामाजिक अध्ययन शिक्षा तथा गणित शिक्षा दुई विषयगत समूहमा पठनपाठन गराउने लक्ष्य राखिएको छ । स्थापनाको पहिलो वर्षको पहिलो सेमेस्टरमा सामाजिक अध्ययन शिक्षामा ६ जना विद्यार्थी भर्ना भए । सोही सेमेस्टर अहिले दोस्रोमा पुगेको छ । दोस्रो सेमेस्टरमा पुग्दा ४ जना मात्र विद्यार्थी बाँकी रहेको त्रिवि शिक्षाशास्त्र संकायका सहायक डीन  सहप्राडा बिष्णु खनालले बताए । ‘सामाजिकमा ६ जना भर्ना त भए तर सबैले सो तह पुरा गरेनन् ।’ उनले भने, ‘गणितमा गत वर्ष पनि एक जना विद्यार्थीले पनि भर्नाका लागि आवेदन दिएनन् यो वर्ष पनि कसैको आवेदननै परेन, सामाजिकमा भने एक जना विद्यार्थीले प्रवेश परीक्षाका लागि आवेदन दिए तर गणितमा कसैको परेन, क्याम्पसले एक जना विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गर्न नसक्ने भने पछि प्रवेश परीक्षा रद्द भइसकेको छ ।’

शिक्षा शास्त्र संकायको मुल उद्देश्य भनेकै विद्यालय तहमा आवश्यक दक्ष तथा तालिम प्राप्त शिक्षक उत्पादन गर्नु हो । त्रिविले विद्यालय तहको पाठ्यक्रमलाई मध्यनजर राख्दै कार्यक्रम सञ्चालन गर्ने गरेको छ । विद्यालय तहमा देखिएको सामाजिक अध्ययन विषयको विषयगत शिक्षक अभाव र गणितमा स्वयम् सेवक शिक्षक खटाउनुपर्ने बाध्यात्मक अवस्थालाई ख्याल गरी कार्यक्रम ल्याइएको भएपनि प्रभावकारिता नदेखिएपछि बन्दगर्नु पर्ने अवस्था सिर्जना भएको शिक्षा शास्त्र केन्द्रीय विभाग प्रमुख प्राडा तारादत्त्त भट्टले बताए । ‘यो कार्यक्रम ताहचलमा मात्र छ, अन्यत्र छैन ।’ उनले भने, ‘संभवतः वैज्ञानिक अध्ययन नगरी लागु गरिएको भएर यसको प्रभावकारिता नभएको हुन सक्छ ।’

यसलाई व्यवस्थित र परिमार्जित गरेर तीन सेमेस्टरको कार्यक्रम सञ्चालन गर्ने गरी पाठ्यक्रम तयार गर्दै गरेको सहायक डीन खनालले जानकारी दिए । ‘दुईटा सेमेस्टरमा सैद्धान्तिक र एउटामा अभ्यास शिक्षण मात्र गराउने गरी पाठ्यक्रम तयार गर्दैछौं ।’ उनले भने, ‘हाम्रो लक्ष्य भनेकै दक्ष शिक्षक उत्पादन गर्ने हो त्यसैले यो कार्यक्रमलाई परिमार्जित गरेर अन्य मोडालिटीबाट सञ्चालन गर्ने सोचका साथ अघि बढेका छौं ।’

परीक्षा नियन्त्रण महाशाखा बल्खुले हिजो गर्ने भनिएके प्रवेश परीक्षा रद्द गरिसकेको छ । प्रवेश परीक्षामा न्यून विद्यार्थी भएको कारण रद्द गरिएको हो ।

आर्थिक सर्वेक्षण अनुसार त्रिविमा ४ लाख १५ हजार ७७७, काठमाडौं विश्वविद्यालयमा १८ हजार ८६०, पूर्वाञ्चल विश्वविद्यालयमा ४९ हजार २६० र पोखरा विश्वविद्यालयमा ३२ हजार ५८४ रहेका छन्।

त्यसैगरी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ९ हजार ७३५, नेपाल संस्कृत विश्वविद्यालयमा २ हजार ६४१, सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा ८ हजार ९१२, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ३ हजार ३२३, खुल्ला विश्वविद्यालय १ हजार ६५९, राजर्षी जनक विश्वविद्यालयमा १७४ र लुम्विनी बौद्ध विश्वविद्यालयमा ५२६ विद्यार्थी अध्ययनरत छन्।

यसैगरी ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ हजार ८२८ जना विधार्थी अध्ययनरत रहेका छन। यसरी तुलानात्मक रुपमा हेर्दा अन्य विश्वविद्यालय भन्दा ८० गुणा बढी विद्यार्थी भएको विश्वविद्यालयले आफ्नो शाख जोगाउन पनि सयम, काल र परिस्थिति अनुकूलको पाठ्यक्रम ल्याउनु पथ्र्यो सो गर्नमा त्रिवि चुकेको विज्ञहरु बताउछन् । अनलाइन अहिलको आवश्यकता हो यसलाई खारेज गर्नुहुन्न तर विद्यार्थीको रुचि र आवश्यकता अनुसार पाठ्क्रम निर्माण गर्नुपर्छ ।’ शिक्षा विद् विद्यानाथ कोइराला भन्छन्, ‘समय र विश्वबजारलाई ख्याल गरेर पुनः परिमार्जन गरी कार्यक्रम सञ्चालनमा ल्याउनुपर्छ ।’

A Levels MA
Thuprai - Books and E-books