After SEE Portal

शिक्षक सेवा आयोगद्वारा कार्यतालिका सार्वजनिक

Bridge Course

शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७८\७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार खुला विज्ञापन आगामी मङ्सिर महिनामा हुनेछ । खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुन महिनामा, विषयत परीक्षा आगामी जेठमा हुनेछ । सामान्य परीक्षाको नतिजा प्रकाशन आगामी वैशाखमा र विषयगत परीक्षाको नतिजा प्रकाशन आगामी साउनमा हुनेछ । अन्तर्वार्ता आगामी भदौमा सञ्चालन गरी आगामी असोज महिनामा शिक्षक सिफारिस गरिनेछ । प्राथमिक तहको हकमा कात्तिक लाग्नेछ ।

कार्यतालिकाअनुसार नयाँ शैक्षिक सत्रको सुरुमा नयाँ शिक्षक विद्यालयले नपाउने नै भएका छन् भने उनीहरु कक्षाकोठामा प्रवेश गर्न दशैँ तिहारको छुट्टी सकिएपछि मात्र सम्भव हुने देखिएको छ ।

यस्तै प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा आन्तरिक प्रतियोगितात्मकको बढुवाको विज्ञापन पनि आगामी मङ्सिर महिनामा मात्र गरिने भएको छ । यसको विषयगत परीक्षा आगामी फागुनमा सञ्चालन गरिने छ भने नतिजा वैशाखमा मात्र सार्वजनिक हुनेछ । आयोगका अनुसार यसको अन्तर्वार्ता आगामी जेठमा सञ्चालन गरी असारमा सिफारिस गरिनेछ ।

कार्य सम्पादन मूल्याङ्कनका आधारमा सोही श्रेणीको बढुवाका लागि आगामी पुसदेखि फागुनसम्म नतिजा सर्वाजनिक गरिनेछ र माघदेखि चैतसम्म सिफारिस गरिनेछ ।

त्यसैगरी आयोगले करार सूची आगामी २०७९ सालको मङ्सिरमा सार्वजनिक गर्नेछ ।

वार्षिक कार्यतालिकाअनुसार अध्यापन अनुमतिपत्रको विज्ञापन आगामी चैतमा सञ्चालन गरी असारमा परीक्षा लिइनेछ र नतिजा आगामी असोजमा हुनेछ । अध्यापन अनुमतिपत्र वितरण आगामी २०७९ साल मङ्सिरबाट थालिनेछ ।

आयोगका सूचना अधिकारी सूदर्शन मरहट्ठाले अहिले कार्यतालिका सार्वजनिक गरिएको र मितिका बारेमा केही दिनमा तय हुने बताए ।

 

A Levels MA
Thuprai - Books and E-books