After SEE Portal

देशभरिका प्रअको कार्यसम्पादन विवरण मलाई दिनुस् : शिक्षामन्त्री

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारी विद्यालयका प्रधानध्यापकको कार्यसम्पादनबारे विवरण मागेका छन् । 

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले आयोजना गरेको शिक्षा एकाइका प्रमुखहरुको कार्याशालमा उनले देशभरका सरकारी विद्यालयका प्रधानाध्यापकहरुले गरेका कामको विवरण मागेका हुन् । 

“मन्त्रालय शिक्षा प्रणाली सुधार्न लागिपरिरहेको छ” उनले भने, “विद्यालयमा शैक्षिक क्षेत्र सुधार्ने जिम्मेवारी प्रध्यानध्यापकको हुन्छ । उहाँहरुको सक्रियता कति छ मलाई विवरण चाहियो । त्यो मलाई दिनुहोस् ।”

मन्त्री पौडेलले विद्यालयमा दबरन्दी मिलान, कम्प्युटर, प्रयोगशाला अभाव लगायतका समस्या रहेको चर्चा गर्दै शिक्षा एकाइका प्रमुखहरुले प्रधानाध्यापकले गरेको सुधारको विवरण अनिवार्य रुपमा पठाउनैपर्ने भने ।  

विद्यालयमा विषयगत शिक्षकले कस्तो र कसरी अध्यापन गरिरहेका छन् भन्ने अभिलेख राख्नुपर्ने बताउँदै उनले विद्यार्थीलाई खुशी र रुचीअनुसारका शिक्षकले अध्यापन गराउनुपर्ने औँल्याए ।

“क्षेत्राधिकारभित्रका काम तत्काल थाल्नुहोस्” मन्त्री पौडेलले भने, “ऐन नियम र कानुनको समस्या छ भने त्यसलाई समाधान गरौँ । हात बाँधेर अल्छी भएर नबस्नुहोस् ।”

मन्त्री पौडेलले सङ्घीय शिक्षा ऐनका विषयमा छलफल अघि बढेको बताउँदै समिति अथवा  अध्यादेशमार्फत त्यो ऐन आउने स्पष्ट पारे । उनले शिक्षकहरुको आन्तरिक बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको उल्लेख गर्दै सो चाँडै पारित हुनेमा विश्वास व्यक्त गरे ।  

शिक्षा सुधारका लागि विभिन्न प्रदेशका प्रमुखहरुसँग छलफल गरिरहेको जानकारी दिँदै उनले भने, “राष्ट्रसेवक कर्मचारीले २० औँ वर्षसम्म पनि सम्झन लायक हुनेगरी काम गर्नुहोस् ।”

 

A Levels MA
Thuprai - Books and E-books