After SEE Portal

करिब २४ करोड ९५ लाखको पञ्चवर्षीय योजना सञ्चालन गर्दै पद्म कन्या क्याम्पस

Bridge Course

पूर्वाधारको राम्रो विकास । पढ्न लायक पुस्तकालय । प्रशंसा गर्न लायक उपलब्धी । नेपालकै उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा क्याम्पसलाई विकास गर्ने तयारीमा पद्मकन्या बहुमुखी क्याम्पस (पद्मकन्या कलेज) जुटेको छ । क्याम्पसलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने उद्देश्यले क्याम्पसले पञ्चवर्षीय रणनीतिक योजनामा बनाएको छ ।

पाँच वर्षभित्र क्याम्पसको गुणस्तर सुधारका लागि पूर्वाधार विकास, प्रविधिमैत्री कक्षाकोठा, सुविधा सम्पन्न पुस्तकालयको निर्माण गर्ने भएको छ ।

विश्वव्यापीकरण सुहाउँदो शिक्षा प्रदान गर्नका लागि क्याम्पसले पाँच वर्से दीर्घकालीन रणनीति तय गरेको हो । उक्त रणनीति कार्यान्वयन भएपछि क्याम्पस देशकै उत्कृष्ट र विशुद्ध शिक्षण थलो हुने क्याम्पस प्रमुख धनप्रसाद पण्डितले बताए । ‘सरकारी क्याम्पसको उपलब्धी कमजोर छ भन्ने आरोप सर्वत्र लाग्छ तर कलेजमा भर्ना भएका विद्यार्थीको कक्षा उपस्थितिको ख्याल गरिँदैन ।’ उनले भने, ‘वर्सैदेखि पाठ्यक्रम परिमाजर्न हुन सकेको छैन, विश्वविद्यालयका शिक्षक पनि राम्राभन्दा हाम्रा नियुक्ति गर्ने प्रवृत्तिले उपलब्धीमा असर गरेको छ । त्यसैले गुणस्तर सुधारका लागि हामीले रणनैतिक योजना २०१९ – २०२३ तयार गरेका हौं ।’

यो पाँच वर्षमा सबै संकायका पाठ्यक्रममा परिवेश अनुकूल परिमार्जन गरिने भएको छ । सूचना प्रविधिमैत्री संरचनाको विकास तथा प्रविधिमैत्री अनुसन्धान मार्फत क्याम्पसको शैक्षिक स्थितिलाई मजबुद बनाउने लक्ष्य लिएको प्रमुख पण्डितले बताए ।

कार्यक्रम तयारी चरणमा छ । कार्यान्वयन गर्दा केही तल माथि पर्ने भए पनि हरेक वर्ष विषयगत शीर्षकमा खर्च गरिने छ र दोस्रो चरणमा १ करोड ८० लाख लगानी गरिने छ ।’ अध्यक्ष पोखरेल भन्छन्, ‘२५ शीर्षकका ४ सय ६७ वटा कार्यक्रमा देखिने परिवर्तन गर्न अनुमानित २४ करोड ९५ लाख खर्च गरिने छ ।’

‘दैनिक जीवनमा आईपर्ने जटिल तथा प्रतिस्पर्धात्मक समस्यालाई सहज रुपमा सामना गर्न सक्ने र महिला सशक्तीकरण गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने, विद्यार्थीको दक्षता, क्षमता विकासका साथै विद्यार्थीको सर्वभौम विकाश गर्न, अनुकूल वातावरण तयार गर्ने गरिका योजना बनाएका छौं ।’ उनले भने, ‘तीनै वटा संकायको क्षमता विस्तार गरी मानविकी, व्यवस्थापन र विज्ञानका विषयमा रहेका प्रचुर अवसरहरुलाई सदुपयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्ने, वास्तविक अनुसन्धान गराएर देश विकासमा कलेजले योगदान दिन विभिन्न सेमिनारहरुमा विद्यार्थीलाई सहभागिता गराउँदै आईसीटीको प्रयोग गरी शिक्षण सिकाईलाई प्रभावकारी बनाउँछौं ।’

रणनैतिक योजना मार्फत सीमित स्रोत साधनको प्रयोग गरी क्याम्पसलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राडा हरि पोखरेलले बताए । ‘विशेष गरी स्नातकोत्तर तहको अनुसन्धान विषयको चोरी रोक्न नसकिएका कारण अनुसन्धानलाई प्रविधि मैत्री बनाइने छ ।’ पोखरेलले भने,‘सामाजशास्त्र-मानवशास्त्र विभागमा हुने वौद्धिक चोरी कम गर्न सकिएको छैन । अनुसन्धानमा बौद्धिक चोरीको अन्त्य गर्न सबै अनुसन्धानलाई अनलाइनमा राखिने छ ।’

सामाजशास्त्र-मानवशास्त्र विभागमा हुने वौद्धिक चोरी कम गर्न सकिएको छैन । अनुसन्धानमा बौद्धिक चोरीको अन्त्य गर्न सबै अनुसन्धानलाई अनलाइनमा राखिने

शैक्षिक गुणस्तर सुधार गरी महिला सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको योजनामा गुणस्तर सुधार, क्षमता अभिवृद्धि, कुशल व्यवस्थान लगायत २५ वटा शीर्षकमा ६ सय ६७ वटा कार्यक्रम सञ्चालन गरिने भएको छ । विश्वविद्यालय अनुदान आयोग, विश्व बैंक लगायत विभिन्न लगानी साझेदार संग समन्वय गरी पहिलो चरणमा करिब २१ करोड ७५ लाख लगानी गरिने भएको छ भने दोस्रो चरणको कार्यक्रममा १ करोड ४० लाख खर्च गरिने अध्यक्ष पाखरेलले जानकारी दिए ।

‘कार्यक्रम तयारी चरणमा छ । कार्यान्वयन गर्दा केही तल माथि पर्ने भए पनि हरेक वर्ष विषयगत शीर्षकमा खर्च गरिने छ र दोस्रो चरणमा १ करोड ८० लाख लगानी गरिने छ ।’ अध्यक्ष पोखरेल भन्छन्, ‘२५ शीर्षकका ४ सय ६७ वटा कार्यक्रमा देखिने परिवर्तन गर्न अनुमानित २४ करोड ९५ लाख खर्च गरिने छ ।’

क्याम्पसमा स्नातकदेखि स्नाकोत्तरसम्म मानविकी तथा व्यवस्थापन र विज्ञान संकायमा स्नातकसम्म पठनपाठन हुँदै आएको छ । बिहान र दिवा समयमा कक्षा संचालन हुँदै आएको छ ।

मानविकीतर्फ नृत्य र व्यवस्थापनमा बीसीए, बीएस्सी सियसआइटी लगायतका नयाँ विषय र पुराना विषय अन्तर्गत मानविकीतर्फ स्नातकमा अंग्रेजी, नेपाली, समाजशास्त्र, ग्रामीण विकास, गृहविज्ञान, बौद्ध अध्ययन, हिन्दी, संस्कृत, नेपाल भाषा, संस्कृति, जनसंख्या, राजनीतिशास्त्र, वाद्यवादन, संगीत, नृत्य, पत्रकारिता, अर्थशास्त्र, मनोविज्ञानलगायतका विषयको पठनपाठन हुँदै आएको छ ।

त्यसैगरी यो क्याम्पसमा नृत्यसहित दस विषयमा स्नातकोत्तर गराइन्छ । त्यस्तै व्यवस्थापनतर्फ स्नातकमा बीबीए, बीबीएम र बीबीएस, बीएचयमको कक्षा हुन्छ भने स्नातकोत्तरमा एमबीए सञ्चालन गर्ने गरिएको छ । विज्ञानतर्फ बीएस्सी सियसआइटी, बीएस्सी, माइक्रोबायोलोजी, वातावरण विज्ञान विषयमा पठनपाठन हुँदै आएको क्याम्पस प्रशासनले जानकारी दियो । प्रशासनका अनुसार अहिले तीन संकायका ३४ विषयमा पठनपाठन हुँदै आएको छ ।

प्राध्यापक केशवराज सापकोटा भन्छन्, ‘पुराना विषयमा विद्यार्थीको आकर्षण घटेको छ । तर नयाँमा चाप खेपिसक्नु छैन । त्यसैले पुराना विषयको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने देखिएको छ ।’ अहिले यो क्याम्पसमा ५ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् ।

क्याम्पसको एउटा सुविधा सम्पन्न पुस्तकालय छ । त्यहाँ १० हजारभन्दा बढी पुस्तक छन् । तर पुस्तकालयमा विद्यार्थी छिर्दै छिर्दैनन् । हरेक दिन यहाँका कर्मचारीलाई पुस्तकमा लागेको धुलो उडाउँदै ठिक्क हुन्छ । क्याम्पसले अब सबै पुस्तकलाई कम्प्युटराइज्ड गर्ने भएको छ । चाँडोभन्दा चाँडो पुस्तकालयलाई प्रविधिमैत्री बनाइएको छ । प्रमुख पण्डित भन्छन्, ‘हामी जसरी पनि विद्यार्थी पाँच वर्ष भित्र दिनमा अनिवार्य एक÷दुई घण्टा पुस्तकालयमा जाने बनाएर नै छाड्छौं । यसका लागि कफी, चकलेट सहित आकर्षक गिफ्टको पनि व्यवस्थापन गर्ने छौं ।’

२००८ सालमा १३ जना विद्यार्थीलाई पढाउन ७ जना शिक्षकको व्यवस्था गरी तत्कालीन राणा प्रधानमन्त्री पद्म शम्शेरले भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन लिएर यो कलेजको स्थापना गरेका हुन् । यो क्याम्पसमा अहिले २ सय ४० जना पूर्णकालीन र १ सय ५० आंशिक शिक्षक कार्यरत छन् । भने करिब ९० जना कर्मचारी कार्यरत छन् ।

त्रिवि सेवा आयोगले योग्य शिक्षक छान्न नसक्दा विश्वविद्यालयको गुणस्तरमा प्रभाव परिहरेको छ । आयोगले मुस्किलले स्नातकोत्तर गरेका व्यक्तिलाई विभिन्न समूहको दबावमा नियुक्ति दिने हुँदा विश्वविद्यालयको गुणस्तर कमजोर छ । दबावका भरमा नियुक्ति पाएका मान्छेले काम गर्न नसक्ने क्याम्पस व्यवस्थापन समितले जानकारी दियो । ‘अब हामी क्षमतावान र हरबखत अद्यावधिक हुन सक्ने जिज्ञासु शिक्षकलाई मात्र नियुक्त गर्छौं । कक्षालाई बढीभन्दा बढी प्रविधिमैत्री र प्रयोगात्मक बनाउँछौं ।’ अध्यक्ष पोखरेल भन्छन्, ‘सरकारले विश्वविद्यालयका शिक्षकलाई जीविकोपार्जन हुने गरी सेवा सुविधा दिने हो भने सरकारी दरबन्दीका शिक्षकले निजीमा पढाउनु पर्ने अवस्थाको स्वतः अन्त्य हुन्छ ।’

क्याम्पसका अहिले रत्नदिप, मैत्री भवन लगायत चारवटा भवन छन् । भवन धेरै भए पनि विद्यार्थीको चापका कारण मैत्री भवनको पछाडि टिनको टहरा बनाएर कक्षा चलाउनु पर्ने बाध्यता छ । करिब ३५ रोपनी जग्गामा फैलिएको यो क्याम्पसमा ससाना भवन भएका कारण समस्या भएको अध्यक्ष पोखरेल बताउँछन् । भन्छन्, ‘यो जग्गालाई सदुपयोग गरी भएको जग्गामा व्यापारिक कम्पेलेक्स बनाउने हो भने क्याम्पसको आर्थिक संवृद्धि हुने थियो । कक्षा अभावले विद्यार्थीलाई टहरामा पढाउनु पर्ने थिएन ।’

२ सय जना छात्रा बस्ने क्षमता भएको नयाँ ‘इचि’ छात्रावास छ । डेनिस सरकारको १ करोड ३३ लाख आर्थिक सहयोगमा दुई वर्षअघि बनाइएको छात्रावासमा अहिले मासिक ५ सय शुल्क तिरेर विद्यार्थी बस्दै आएका छन् । क्याम्पसले अघिल्लो कक्षाको नतिजा र दुर्गम क्षेत्र आदिका आधारमा विद्यार्थी छनौट गरी छात्रावासमा राख्ने गरेको प्रमुख पण्डितले बताए । उनले भने, ‘अब पहिला जस्तो कलेजमा भर्ना हुने र सस्तोमा छात्रावासमा बसी जागिर खाने प्रथाको अन्त्य गर्छौं । नियमित विद्यार्थीलाई मात्र छात्रावासमा राख्ने छौं ।’

त्रिभुवन विश्वविद्यालयको इतिहासमा नै स्नातकोत्तर तहमा नृत्य विषयको पठनपाठन हुने यो क्याम्पसमा विद्यार्थीहरु सस्तोमा राम्रो पढाइ हुने भनेर विभिन्न ठाउँबाट आउने गरेका छन् । नेपालगन्जबाट व्यवस्थापनमा प्लसटु गरेर नृत्यमा स्नातक गर्दै गरेकी छात्रा अञ्जु श्रेष्ठ भन्छिन्, ‘छात्रावासमा सिट पाउँनै गारो छ । विद्यार्थी संख्या धेरै छ । सबै उत्कृष्टलाई पनि व्यवस्थापनले होस्टलको सिट दिँदैन । त्यसैले कहिले काँही समस्या हुन्छ । तर डान्सको प्रायोगात्मक कक्षा चाही सोचे जस्तै राम्रो छ ।’

यहाँ २०२० सालदेखि स्नातकमा नृत्य विषय पठनपाठन हुँदै आएको छ । भने गत सालदेखि स्नातकोत्तरमा सो विषय पठनपाठन हुन थालेका हो ।

‘हाम्रो कलेजमा अन्य कलेजमा जस्तै राजनैतिक समूहको गुण्डागर्दी कम हुन्छ । पढाइ पनि राम्रो छ त्यसैले यो कलेज पढेकी हुँ ।’ बिएस्सी सियस आइटी अध्ययनरत छात्रा बिमला क्षेत्री भन्छिन्, ‘प्रयोगात्मक कक्षा पनि राम्रो छ । छात्रावासमा पानीको समस्या भए पनि अरु राम्रो छ त्यसैले मेरो रोजाइमा यो कलेज परेको हो ।’

क्याम्पसले २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति मार्फत निशुल्क पढाउँदै आएको छ । भने हरेक सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई २० हजार नगद दिँदै आएको छ । यसका साथै उत्तरा पाण्डे छात्रवृत्ति अक्षयकोष मार्फत् नेपाली विषयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

त्यस्तै पूर्व शिक्षक रञ्जना बज्रचार्य र रिङपोछे लामाद्वारा स्थापित अक्षयकोषबाट बुद्धिजममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको अध्यक्ष पोखरेलले बताए । ‘वडाको सिफारिसमा छात्रावृत्ति प्रदान गर्नुपर्ने व्यवस्था हुँदा कहिले काँही हस्तक्षेप हुन्छ साच्चै जेहेन्दार र गरिब विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्न सकिँदैन ।’ उनले भने, ‘नतिजा उत्कृष्ट चाहने हो भने विश्वविद्याललाई राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्छ । स्वायत्त रुपमा चल्न दिनुपर्छ ।’

A Levels MA
Thuprai - Books and E-books