Edusanjal

आइतबार पनि विद्यालय सञ्चालन

सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि खोटाङको खोटेहाङ गाउँपालिकाले सो दिन विद्यालय सञ्चालन गर्ने भएको छ ।

सरकारको मन्त्रीपरिषद्को बैठकले शनिबार र आइतबारहप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । अहिलेको पाठ्यक्रम अनुसार सरकारले दिएको दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने खोटेहाङ गाउँपालिकाले जनाएको छ । जसकारण आइतबार पनि गाउँपालिका भित्रका सबै विद्यालयमा पठनपाठन गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले विद्यालयलाई पठाएको पत्र अनुसार वैशाख १३ गतेबाट सबै विद्यालयमा पठनपाठन सुरु गर्नू भनिएको छ ।

सरकारले वैशाख १५ बाट भर्ना सुरु गरेर वैशाख २१ गते देखि मात्र पठनपाठन सुरु गर्न निर्देशन दिएको थियो तर सङ्घीय सरकारको निर्देशन विपरीत खोटेहाङ गाउँपालिकाले वैशाख १० गते भर्ना अभियान र वैशाख १३ बाट पठनपाठन सुरु गर्न विद्यालयलाई पत्र पठाएको छ ।

वैशाख ८ गते बसेको गाउँपालिका शिक्षा समितिको बैठकले वैशाख १३ गतेबाट पठनपाठन सुरु गर्ने र आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको खोटेहाङ गाउँपालिकाले जनाएको छ ।

pre school