Edusanjal

अब विश्वविद्यालयमा सुरक्षा युनिट

सरकारले विश्वविद्यालयहरूबाट विद्यार्थी सङ्गठन नहटे बल प्रयोग गर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगको संयोजनमा भएको बैठकले ती स्थानबाट विद्यार्थी सङ्गठन हटाउन विश्वविद्यालय परिसरमा अस्थायी तथा स्थायी सुरक्षा युनिटसमेत राख्ने निर्णय गरेको छ ।

मुलुकमा सञ्चालित सबै विश्वविद्यालयका पदाधिकारी; शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सहसचिवलगायत उपस्थित उक्त बैठकले विश्वविद्यालयबाट विद्यार्थी सङ्गठनकाझन्डा तथा भित्तेलेखन हटाउने लगायतका निर्णय गरेको छ ।

विश्वविद्यालयमा दलीय राजनीतिलाई निर्मूल पार्ने उद्देश्यसाथ सरकारले ल्याएको एक सय वटा शासकीय सुधारका बुँदामा यस विषयलाई प्राथमिकतामा राखिएको छ । सोही विषयलाई कार्यान्वयन गर्न विश्वविद्यालयकापदाधिकारीले विद्यार्थी सङ्गठनलाई उपलब्ध गराउँदै आएको कार्यालय तत्काल खाली गराउने र अब देखि नदिने प्रतिबद्धता जनाएका छन् ।

विश्वविद्यालयपरिसरमा विद्यार्थी सङ्गठनको झन्डा, ब्यानर तथा भित्तेलेखनहटाउने निर्णय पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयमा केही दिनअघि भएको संयुक्तबैठकले गरेको छ ।

विश्वविद्यालयको ऐनमा दलीय विद्यार्थीसङ्गठनसम्बन्धी कुनै विषय भएमा त्यसलाई हटाउन तीन महलको प्रस्ताव तयार पारी तत्कालआयोगमार्फत शिक्षा मन्त्रालयमा पेस गर्ने निर्णय पनि गरिएको छ 

pre school