After SEE Portal

विद्यालय खोल्ने कि बन्द गर्ने, केहीले खोले अधिकांश अन्योलमा (साप्ताहिक शैक्षिक गतिविधि भदौ १२–१८)

Bridge Course

सरकारले  ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ जारी गरेपछि हरेक स्थानीय तह विद्यालय खोल्ने कि बन्द गर्ने अन्योलमा देखिएका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले गत १३ गते एक सूचना जारी गरी सबै विद्यालय भौतिक रुपमा सञ्चालन गर्न निर्देशन दियो । त्यस्तै बाराको कलैया उपमहानगरपालिका, तनहुँको भानु नगरपालिकालगायत अन्य केही पालिाकले यो हप्तादेखि भौतिक रुपमा विद्यालय सञ्चालनमा ल्याए ।

म्याग्दीको बेनी बेनी बजारबाहेक ग्रामीण क्षेत्रका  विद्यालयले स्वास्थ्यमापदण्ड अपनाएर भौतिक रुपमा नै सञ्चालनमा आएका छन् । ग्रामीण क्षेत्रका विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने ‘स्मार्ट लकडाउन’ अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चाललमा ल्याएएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले सङ्क्रमणको जोखिम र प्रभावको आधारमा विद्यालय सञ्चालन गरिएको जानकारी दिए।  

कार्यपालिकाको निर्णयअनुसार १०  माविसमेत सबै ३७  विद्यालय खुल्ला गरी भौतिक रूपमा विद्यार्थी बोलाएर अध्ययनरअध्यापन सुरु भएकामा कोरोना देखिएपछि तीन विद्यालय बन्द छन्। ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । मावि तहका विद्यालयमा १५० जनाको हाराहारीमा विद्यार्थी छन् ।

दुई दिन खोलेर बन्द गर्नु राम्रो हुन्न

जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन पछि काठमाडौं महानगरपालिकाको शिक्षा विभागले अर्को हप्तादेखि विद्यालय सञ्चालन गर्ने विषयमा छलफल अघि बढाएको छ ।  स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौँ जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।‘काठमाडांैंमा २ लाख २० हजार विद्यार्थी अध्ययनरत छन् भने सामुदायिक विद्यालयमा मात्र १ हजार ७९१ शिक्षक कार्यरत छन् बालबालिकालाई सङ्क्रमणको जोखिम बढी छ ।’ प्रमुख शाक्य भन्छन्, ‘दुई दिन विद्यालय खोलेर बन्द गर्दा झन जोखिम बढ्छ, त्यसैले छलफल गरेर मात्र यस सम्बन्धमा निर्णय हुन्छ ।’

केही पालिकाले जोखिम मोलेर भौतिक रुपमा विद्यालय सञ्चालनमा ल्याएको भए पनि अधिकांश स्थानीय तह विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा अन्योलमा देखिएका छन् ।

घरैका शिक्षक

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले होम स्कूलिङको अवधारणा कार्यान्वयनका लागि गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८ तयार गरेको छ।

विषम परिस्थिति तथा प्रत्यक्षरूपमा विद्यालयमा उपस्थित भई शिक्षण सिकाइ गर्न नसकिने परिवेशमा घरमा नै बसेर सिकाइलाई निरन्तरता दिई तोकिएको सिकाइ उपलब्धि तोकिएकै समयमा प्राप्त गर्न सघाउ पुर्याउने उद्देश्यले उक्त सामग्री तयार गरेको हो ।

बालबालिकाको सिकाइ सहजीकरणमा अभिभावकलाई सहभागी गराई सिकाइमा सुधार गर्न नयाँ विधि र प्रक्रियालाई प्रयोग गर्दै बालबालिकाको पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक भन्ने अवधारणालाई स्थापित गर्न गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८ तयार गरिएको केन्द्रले जानकारी दियो ।

कक्षा १२ को परीक्षा तालिका तेस्रो पटक सार्वजनिक, सम्बन्धित विद्यालयमै परीक्षा केन्द

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका तेस्रो पटक सार्वजनिक गरेको छ । कोभिडको दोस्रो लहरका कारण गत जेठ १३ गतेदेखि सञ्चालन गर्ने भनिएको सो परीक्षा वैशाख २७ गते पहिलो पटक स्थगित गरिएको थियो । बोर्डले पुनः स्थगित परीक्षालाई साउन ३१ गतेदेखि सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गत साउन २३ गते दोस्रो पटक स्थगित गरिएको थियो । बोर्ड पुनः तेस्रो पटक भदौ ३० गते देखि असोज ८ गते सम्ममा परीक्षा सक्ने गरी समयतालिका सार्वजनिक गरेको छ । बोर्डद्वारा यसअघि स्थगन गरिएको कक्षा १२ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय  समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र  सामाजिक दुरीको पालना गरी परीक्षा सञ्चालन गर्ने गरी समयतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका बनाउँदै आयोग

बार्षिक कार्यतालिकाले निर्धारण गरेका कार्यक्रमलाई प्राथमिकता दिने उद्देश्यले अहिले शिक्षक सेवा आयोग बार्षिक कार्यतालिका बनाउन जुटेको छ । लामो समय नीर्जिव बनेको शिक्षक सेवा आयोगलाई गतिशील बनाउन बार्षिक कार्यपात्रो बनाएर कार्यक्रम सार्बजनिक गर्ने भएको हो । 

कार्यतालिकाले निर्देश गरेका कामलाई प्राथमिाकीकरण गरी कुन काम पहिला गर्ने भन्ने योजनाना सार्बजनिक गरिने आयोगका सुदर्शन मरहट्ठाले बताए । ‘हामीले गर्ने काम थुप्रै बाँकी छन, हामी बार्षिक कार्यपात्रो बनाउन व्यस्त छौं ।’ उनले भने, ‘सामजिक सञ्जालमा आए जस्तो अहिले नै हामी कुन काम पहिले गर्छौं भन्ने निष्कर्षमा पुगेका छैनौं ।’ कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने उनले जानकारी दिए ।

चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति पाएका १० जनाले अब नपाउने

सही कागजात पेश नगर्ने  १० जना विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिको हिजो बसेको बैठकले आरक्षण तर्फको योग्यताक्रमको सूचीबाट हटाइएको छ ।

समितिको बैठकबाट चिकित्सा शिक्षा तर्फ स्नातक तहको गत साउन ९ देखि  १३ सम्म सञ्चालित  एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यता क्रममा रहेका विद्यार्थीलाई आरक्षण समूहबाट हटाएको हो ।

आयोगमा कक्षा ६ देखी १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको प्रमाण पेश गरे पनि छानविनका क्रममा पुष्टि हुन नसकेकाले १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने भएको छ ।

कुरु क्षेत्र बनेको मध्यपश्चिम विश्वविद्यालयको समस्या सुल्झियो

अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो ।

सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्र तोकिएको ढाँचाको गुगल फारम भरी कुन माध्यमबाट जाँच दिने हो खुलाएर फारम भर्नुपर्नेछ ।

बीपी प्रतिष्ठानमा पुनः आन्दोलन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवदेन सार्वजनिक भइसक्दा पनि दोषी देखिएकामाथि कुनै कारबाही नभएको भन्दै संघर्ष समितिले आकस्मिक सेवा, कोभिड र यसअघि तय भएका परीक्षा बाहेक अन्य सेवा बन्द गर्ने चेतावनी दिएको हो

निर्धारित समरमा आफ्ना ६ बुँदे मागका विषयमा सम्बोधन नभए सम्पूर्ण फ्याकल्टी, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, आवासीय चिकित्सक, विद्यार्थी लागायत सबैले नियमित काम नगर्ने चेतावनी दिएका छन् ।

A Levels MA
Thuprai - Books and E-books