A Levels MA

६ बुँदै माग पुरा गर्न वीपी प्रतिष्ठानका कर्मचारीको चेतावनी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७५ दिन देखि आन्दोलनरत कर्मचारीले आफ्नो मागपुरा गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुद्धीकरण अभियान २०७८ संयुक्त संघर्ष समितिले सरकारसंग भएको सम्झौता २४ दिन पुग्दा पनि सुनुवाई नभएपछि समतिले यस्ते चेतावनी दिएको हो ।

निर्धारित समरमा आफ्ना ६ बुँदे मागका विषयमा सम्बोधन नभए सम्पूर्ण फ्याकल्टी, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, आवासीय चिकित्सक, विद्यार्थी लागायत सबैले नियमित काम नगर्ने चेतावनी दिएका छन् ।

समितिले आज एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री एवम् कुलपति र सम्बन्धित सबैलाई २४ दिनअगाडि गरेको सम्झौता द्रुतगतिमा पालना गर्नुपर्ने, प्रधानमन्त्री र प्राडा गोविन्द केसीबीच १० दिन अगाडि भएको सम्पूर्ण सम्झौता कार्यान्वयन, डा. बैकुण्ठ अर्यालको नेतृत्वमा नेपाल सरकारको उच्चस्तरीय छानबिन समिति टोलीले बुझाएको छानबिन कमिटिको प्रतिवेदनमा राखिएको समयतालिका अनुसार लागु गर्नुपर्ने, नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ुस्वास्थ्य सेवा र शैक्षिक गतिविधिुको अध्ययन प्रतिवेदन तुरुन्त सार्वजनिक गर्नुपर्ने, पदाधिकारीहरु छनोट मापदण्ड तयार गर्दा चिकित्सा शिक्षामा अनुभवी कम्तीमा २ जना प्राध्यापकहरु सम्लग्न गर्नुपर्ने, उपकुलपतिको हकमा प्राध्यापक भए नभएको कागजात मन्त्रालयलाई बुझाइसकेको हुनाले कानूनी प्रकृया अघि नबढाए निर्णायक आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

माग सम्बोधन नभए सम्पूर्ण फ्याकल्टी, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, आवासीय चिकित्सक एवम विद्यार्थीहरु आकस्मिक सेवा, कोभिड र पूर्व निर्धारित परीक्षा बाहेकका कुनै पनि कार्यमा सम्लग्न नहुने चेतावनी दिएका छन् । यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार हुने उल्लेख छ ।

७४ दिनसम्म पनि आन्दोलकारीको धैर्यतालाई कमजोरी ठान्दै प्रतिष्ठानको सुधारको मागहरुमा समेत सम्बोधनको कुनै तत्परता नदेखाएकाले यस्तो अप्रीय कदम घोषणा गर्न बाध्य पारिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिष्ठानको शैक्षिक एवम आर्थिक रुपमा भैरहेको चरम अनियमिता, वेथिति र विसंगति अन्त्य गरी प्राज्ञिक सर्वोच्चता कायम गर्न गरिएको शद्धीकरण अभियान आज ७४ दिन पुरा भएको छ ।

नेपाल सरकारले गठन गरेको उच्चस्तरीय छानविन कमिटिले आफ्नो प्रतिवेदन बझाएको २५ दिन बितिसकेको छ । स्वास्थ्य मन्तालयको टोलीसँग ६ बँुदे सम्झौता गरेको २४ दिन वितिसकेको छ । त्यसैगरि प्राडा गोविन्द केसीसंग वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्याको निकास दिने भनी प्रधानमन्त्रीले हस्ताक्षर गरेको समेत १० दिन बितिसकेको भए पनि सरकाले वेवास्ता गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारते ६ बुँदे सहमति पछि पनि विश्वासको वातावरण पुरा भइनसकेको भन्दै समितिले दैनिक दुई घण्टा धर्ना, हरेक हप्ता वृहत र्याली, रिले अनसन, पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी, पदाधिकारीका सवारीको चाबी नियन्त्रणलगायतका आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।रुविषम परिस्थितिका बाबजुत कर्मचारीहरुले पठनपाठनमा पूर्णरुपमा सम्लग्न रहेको, अस्पताल सेवा प्रवाहमा कुनै कमी हुन नदिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिष्ठानका २५ प्रतिशत सिनेटले पदाधिकारीलाई कारबाहीको माग गर्दै कुलपतिलाई पत्र पठाएका छन् । उच्चस्तरीय जाँचबुझ समितिले आफ्नो रिपोर्ट बुझाएको छ र स्वास्थ्य मन्त्रालयको टोलीसँग ६ बुँदे सम्झौता गरेको छ ।

यसबाहेक मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानको शैक्षिक पूर्वाधार एवम् स्वास्थ्य सेवाको स्थलगत अनुगमन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले प्रतिष्ठानमा भएका अनियमितताको छानबिनलागि छापामारेको छ ।

Thuprai - Books and E-books