CMAT

जति विषय लागे पनि मौका परीक्षामा सहभागी हुन पाइने

Bachelors Portal

कक्षा १२ को परीक्षामा दुई विषयभन्दा बढीमा ‘नन ग्रेडेड’ प्राप्त गर्ने विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री स्तरीय निर्णय भएको छ ।

बोर्डका सदस्यसचिव दुर्गा अर्यालले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गरिएको जानकारी दिँदै भने, “दुई विषयभन्दा बढी जति सुकै विषयमा नन ग्रेडेड ल्याएमा पनि उनीहरु नन ग्रेडेड पाएका विषयमा मात्र मौका परीक्षामा सम्मिलित हुन पाउने छन् ।”

यसअघि बढीमा दुई विषयमा नन ग्रेडेड प्राप्त गर्नेले मात्र ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो । दुई विषयभन्दा बढीमा नन ग्रेडेड प्राप्त गर्नेहरुले सबै विषयको परीक्षा दिनुपर्ने हुन्थ्यो ।

नयाँ निर्णयबाट दुई विषयभन्दा बढीमा नन ग्रेडेड प्राप्त गरेका गत वर्षका ५६ हजार विद्यार्थीलाई ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन बाटो खुला भएको छ ।

उनले विद्यार्थीले जति विषयमा नन ग्रेडेड प्राप्त गरेका छन् ती विषयमा मात्र बढीमा तीन पटकसम्ममा वार्षिक परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिए । उनले यस निर्णयबाट विद्यार्थीलाई राहत पुग्ने बताए ।  

Thuprai - Books and E-books
I Tech store