श्रवण मुकारुङको उपन्यास ‘सलह’ लाई पद्मश्री साहित्य पुरस्कार

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गरिने पद्मश्री साहित्य पुरस्कार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ लाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीका पाँच कृतिमध्येबाट ‘सलह’ छनोट भएको हो। प्रतिष्ठानका अनुसार उपन्यासले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

यसैगरी, पाँच दशकदेखि नेपाली साहित्यमा सक्रिय साहित्यकार कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको छ। त्यस्तै, साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा योगदान पुर्‍याएका प्रा. डा. जयराज आचार्यलाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिने भएको छ।

प्रतिष्ठानका अनुसार तीनवटै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको छ।

Degrees offered in nepal
Counseling