After SEE Portal

कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रदेखि

Bridge Course

कक्षा ११ मा चालु शैक्षिकसत्रमा अनिवार्य नयाँ पाठ्यक्रम गर्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी सबै विद्यालयले नयाँ पाठ्यक्रम कार्यान्वयन गर्नैपर्ने निर्णय गरेको सार्वजनिक गरेको छ ।

निजी विद्यालय तथा उच्च शिक्षालय सङ्घ (हिसान) लगायतले असहमित जनाएका कारण उक्त पाठ्यक्रम तत्काल लागू हुनेमा अन्योल सिर्जना भएकाले हिजो मुलुकका सबै विद्यालयमा कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको धारणा सार्वजनिक गरेको हो ।

मन्त्रालयका उपसचिव विदुरराज गिरिले जारी गरेको विज्ञप्तिमा ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने उल्लेख गरिएको छ ।

उक्त नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयमा समावेश गरिएको छ । मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनबारे अनुगमन गर्न स्थानीय तहलाई आग्रह पनि गरेको छ ।

नयाँ पाठ्क्रमबारे पाठ्यक्रम विकास केन्द्रले यसअघि सूचना जारी गरिसकेको छ । पाठ्यक्रमको मुद्रणीय प्रति प्रकाशन तथा शिक्षक अभिमुखीकरणको तयारी गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books