
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले देशभरका सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्।
मुख्य विवरणहरू
- त्रिभुवन विश्वविद्यालय: प्रा. डा. भोला थापा
- सुदूरपश्चिम विश्वविद्यालय: डा. किसन दत्त भट्ट
- मध्यपश्चिम विश्वविद्यालय: डा. राजन सुवाल
- कृषि तथा वन विज्ञान विश्वविद्यालय: डा. ऋषिराम कट्टेल
- राजर्षि जनक विश्वविद्यालय: डा. श्याम नारायण लाभ
- पोखरा विश्वविद्यालय: डा. देवेन्द्र अधिकारी
- पूर्वाञ्चल विश्वविद्यालय: डा. सुजन बाबु मरहट्टा
शुक्रबार प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालय को उपकुलपतिमा प्रा. डा. भोला थापा लाई नियुक्त गरेका हुन्। थापा यसअघि काठमाडौं विश्वविद्यालय का उपकुलपति रहिसकेका छन् र अब देशकै सबैभन्दा पुरानो तथा ठूलो विश्वविद्यालयमा सुधार र व्यवस्थापन सुदृढीकरणका पहल अघि बढाउने अपेक्षा गरिएको छ।
त्रिभुवन विश्वविद्यालयसँगै अन्य छ विश्वविद्यालयमा पनि उपकुलपति नियुक्त भएका छन्।सुदूरपश्चिम विश्वविद्यालय मा डा. किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालय मा डा. राजन सुवाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय मा डा. ऋषिराम कट्टेल र राजर्षि जनक विश्वविद्यालय मा डा. श्याम नारायण लाभ लाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी पोखरा विश्वविद्यालय को उपकुलपतिमा डा. देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालय को उपकुलपतिमा डा. सुजन बाबु मरहट्टानियुक्त भएका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रत्येक विश्वविद्यालयका लागि सिफारिस भएका तीन जनाको सूचिबाट एक एक जना चयन गरिएको हो। नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको नियमावलीअनुसार पदभार ग्रहण गरी कार्यकाल सुरु गर्नेछन्।





