A Levels MA

कोरोना सङ्क्रमणको दोस्रो लहर देखिएपछि त्रासमा स्वास्थ्य मन्त्रालय (साप्ताहिक शैक्षिक गतिविधि चैत्र २१—२७)

यो हप्ता करिब तीन पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा विद्यार्थीलाई उच्च सतर्कताका साथ पठनपाठन गराउन, विद्यालयमा भीडभाड नगर्न र भौतिक पठनपाठनलाई पुनर्विचार गरी वैकलिपक कक्षालाई प्राथमकितामा राख्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गरेको छ।बिहीबारको संक्रमणलाई हेर्दा १७ प्रतिशतभन्दा बढी बालबालिका संक्रमित भएका छन्।

विद्यालय उमेर समूहका बालबालिकालाई नयाँ कोरोना अर्थात् एस जिन नेगेटिभको महामारी बढी देखिएकाले स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

तत्काललाई भौतिक उपस्थितिमा पठनपाठन गर्नु घातक हुन सक्ने अवस्थालाई मध्यनजर राखी पठनपाठनलाई वैकल्पिक रुपमा सञ्चालन गर्नु नै सादर्भिक देखिएको विद्यालय तथा कलेज भिडभाड हुने ठाउँ भएकाले उच्च सर्तकता अपनाउनु पर्ने स्वास्थ्य मन्त्रालयका डा जागेश्वर गौतमले जानकारी दिए ।

शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दियो ।

विद्यालय बन्द गर्ने विषयमा मन्त्रालयमा सरोकारवालासंग छलफल भइरहेको छ । हिजो भएको छलफलमा अधिकांश सहभागीहरुले हरेक स्थानीय तहलाई यसको निर्णय गर्ने जिम्मा दिन सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सअघि नै कार्यढाँचा तयार पारिएको छ विद्यालय बन्द भइ हालेमा सोहीअनुसार सम्बन्धित स्थानीय तहले नै निर्णय गर्न शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

यसैविच काठमाडौं विश्वविद्यालय (केयु) ले कोरोना संक्रमण पुनः बढेको भन्दै यो हप्तादेखि आगामी वैशाख मसान्तसम्म स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण कार्यक्रमको पठनपाठन अनलाइनमार्फत गर्ने भएको छ ।

कोभिड–१९ को कारण विश्वविद्यालयमा उपस्थिति भई भौतिक रुपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकोले यस असहज परिस्थितिमा क्षति न्यूनीकरण गर्दै लाने उद्देश्यले केयुले यस्तो निर्णय गरेको हो ।

पनिकाको नयाँ सफ्टवेयर चलाउने जनशक्ति छैनन्

नयाँ २३ वर्षपछि नयाँ सफ्टवेयर भित्र्याएको सफ्ट्वेर चलाउन दक्ष जनशक्तिको अभाव त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) लाई परेको छ ।

पनिकाले करिब २३ वर्षपछि भित्र्याएको नयाँ सफ्टवेयर सञ्चालनमा समस्या देखिएको हो । प्रविधिको तीव्र विकास भइरहेका समयमा पनि पनिकासंग विद्यार्थीको सेवासँग प्रत्यक्ष सरोकार राख्ने दक्ष जनशक्ति नहुँदा प्रभावकारी रूपमा काम हुन नसकेको समाचार यो हप्ता बाहिरिएको छ ।

अझै पनि दक्ष जनशक्तिको अभावा विद्यार्र्थीले ट्रान्सक्रिप्टलगायतका सामग्री पाउन हप्तौँ कुर्नु पर्ने बाध्यता रहेको छ । जनशक्तिको अभावले सबै कार्यक्रममा नयाँ सफ्टवेयर प्रयोग गरेर परीक्षाका काम गर्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । ०५४ सम्म त्रिविका विद्यार्थीले हस्तलिखित ट्रान्सक्रिप्ट पाउने गर्दथे । ०५४ देखि सफ्टवेयरमा डाटा इन्ट्री गरी विद्यार्थीको ट्रान्सक्रिप्ट प्रिन्ट गरेर प्रदान गर्न सुरु गरेको थियो ।

अहिले पनिकाले स्नातक तहका शिक्षा तथा मानविकीका केही कार्यक्रमको ट्रान्सक्रिप्ट नयाँ सफ्टवेयरबाट प्रदान गर्न थालिसकेको छ । अहिले आइटी निर्देशनालयमा विज्ञ राखेर काम भइरहेको उनको भनाइ छ । अब डिन कार्यालयबाट लिइने परीक्षा र त्यहाँबाट नतिजा आउनेबित्तिकै बल्खुले डाटा तानेर ट्रान्सक्रिप्ट दिन सक्ने अवस्था छ । यसअघि डिन कार्यालय र पनिका बल्खुबीचमा समन्वयमा कमी हुँदा समस्या हुने गरेको समाचारले यो हप्ता चर्चा पाएको छ ।

जनशक्ति अभावमा अवाकश प्राप्त कर्मचारलिाई पुनः करारमा नियुक्ति दिएर पनिकाले काम गर्दै आएको छ । यो वर्षदेखि पनिका स्नातकका विद्यार्थीलाई कलेजबाटै प्रवेशपत्र र मार्कसिट प्रिन्ट गर्न सकिने सफ्टवेयरको विकास गरेको छ ।

नेपालमा सन् १९६७ देखि शुरु भएको शिक्षाका लागि खाद्य कार्यक्रम आगामी वर्षदेखि लागु अन्त्य हुने भएको छ ।  जाजरकोट, दैलेख, अछाम, बाजुरा, डोटी, बझाङ तथा दार्चुलाका एक हजार ४३२ विद्यालयमा विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०को सहयोगमा सो कार्यक्रम सञ्चालनमा रहेको छ । उक्त कार्यक्रमबाट स्थानीय एक लाख ५६ हजार विद्यार्थी लाभान्वित छन् ।

नेपाल सरकारले यो वर्षदेखि नै ७७ जिल्लामा नै दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइसकेको छ । हरेक विद्यार्थीलाई दैनिक १५ रुपियाँका दरले दिवा खाजा प्रदान गर्दै आइसकेको छ । सो कार्यक्रम फेजआउट भएपनि विद्यार्र्थीले विद्यालयमा खाजा खानबाट भने बञ्चित हुने छैनन् ।

यो हप्ता कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मंगल रावललाई उपकूलपति नियूक्त गरेका छन् ।

नेपाल शिक्षक संघले शिक्षकका पेसागत समस्या उठान गर्न नसकेको आरोप संघकै नेता तथा कार्यकताले लगाएका छन् । संघको चैत्र २१ देखि २३ गते सम्म सञ्चालन गरिएको संघीय प्रतिनिधि सभामा शिक्षकहरुले यस्तो आरोप लगाएका हुन् ।

शिक्षक महासंघका संस्थापक अध्यक्ष एवम संघका निवर्तमान अध्यक्ष केशव निरौलाले वर्तमान नेतृत्वले संघलाई पेसागत संस्थाको रुपमा उभ्याउन नसकेको, दलको भातृ संगठनको रुपमा स्थापित गर्न खोजेको र दलको गुटको प्रतिछाँया बनाउन खोजेको आरोप लगाएका छन् ।

Thuprai - Books and E-books