SEE Result 2082

केयुकोे भौतिक पठनपाठन बन्द, आजदेखि अनलाइन कक्षा सञ्चालन

काठमाडौं विश्वविद्यालय (केयु) ले कोरोना संक्रमण पुनः बढेको भन्दै आजदेखि आगामी वैशाख मसान्तसम्म स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण कार्यक्रमको पठनपाठन अनलाइनमार्फत गर्ने भएको छ ।

कोभिड–१९ को कारण विश्वविद्यालयमा उपस्थिति भई भौतिक रुपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकोले यस असहज परिस्थितिमा क्षति न्यूनीकरण गर्दै लाने उद्देश्यले केयुले यस्तो निर्णय गरेको हो ।

विश्वविद्यालयले हिजो एक सूचना जारी गर्दै विश्वव्यापी रुपमा पुनः फैलिएको कोरोना महामारी कोभिड–१९ को कारण विश्वविद्यालयमा उपस्थिति भई भौतिक रुपमा नियमित पठनपाठन गर्न कठिनाइ यस्तो निर्णय गरेको प्राडा कन्हैया झाद्वारा हस्ताक्षर गरिएको सो सूच्नामा उल्लेख गरिएको छ ।

साथै उक्त अवधिमा स्कुल तथा विभागीय प्रशासन भने सुचारु रहने र अनुसन्धान तथा प्रोजेक्टका कार्य सम्बन्धित प्रमुखहरुको निर्णयबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal