A Levels MA

दुई प्रतिष्ठानमा उपकूलपति नियुक्त एकमा बाँकी

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मंगल रावललाई कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज उपकूलपति नियूक्त गरेका छन् ।

सहकूलपति एवं स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठी संयोजक रहेको समितिको सिफारिस अनुसार दुई प्रतिष्ठानका उपकुलपति प्रधानमन्त्री ओलीले  नियुक्ति गरेका हुन् ।

समितिले तीनटै प्रतिष्ठानमा  खुला प्रतिस्पर्धा मार्फत सर्ट लिस्ट र पछि विभिन्न सूचकका  आधारमा तीनतीन जनाको नाम सिफारिस गरेको भएपनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने  प्रधानमन्त्री ओलीले आज उपकुलपति नियुक्त गर्न सकेनन् ।

गत चैत १२ गते तीनै वटा प्रतिष्ठानको उपकूलपतिका लागि ९ जनाको नाम सिफारिस गरिएको थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरिएको सिफारिस समितिले ८ चैतमा तीनवटै प्रतिष्ठानका लागि निवेदन परेका मध्येबाट सर्टलिष्ट छनोट गरी सार्वजनिक गरेको थियो।

२१ जनाले निवेदन दिएकोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १३ जनाको नाम छनोट गरिएको थियो भने पाटन र पोखरामा १२–१२ जनाले निवेदन दिएकामा ९–९ जनाको नाम समितिले छनोट गरेको थियो।

Thuprai - Books and E-books