A Levels MA

नेपाल शिक्षक संघले शिक्षकका समस्या सम्बोधन गर्न नसकेको आरोप

नेपाल शिक्षक संघले शिक्षकका पेसागत समस्या उठान गर्न नसकेको आरोप संघकै नेता तथा कार्यकताले लगाएका छन् ।  संघको चैत्र २१ देखि २३ गते सम्म सञ्चालन गरिएको संघीय प्रतिनिधि सभामा शिक्षकहरुले यस्तो आरोप लगाएका हुन् ।

शिक्षक महासंघका संस्थापकअध्यक्ष एवम संघका निवर्तमान अध्यक्ष केशव निरौलाले वर्तमान नेतृत्वले संघलाई पेसागत संस्थाको रुपमा उभ्याउन नसकेको, दलको भातृ संगठनको रुपमा स्थापित गर्न खोजेको र दलको गुटको प्रतिछाँया बनाउन खोजेको आरोप लगाएका छन् ।

शिक्षक शुदर्सन भट्टराईले शिक्षक संघले खासगरेर पेसागत पीडितहरूको समस्या समाधान तर्फ उल्लेखनीय काम नै नगरेको, झोलेको भुमिका निर्वाह गरेर शिक्षकका समस्या झन विकराल बनाएको बताए ।

संघका निवर्तमान उपाध्यक्ष गोकर्ण बानियाले सो सभामा१२ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । निवर्तमान उपाध्यक्ष बानियाले बुझाएको ध्यानाकर्षण पत्रमासंस्थागत विद्यालयक शिक्षकहरुको आफ्नै संगठन इस्टु हुँदा हुँदै शिक्षकहरुलाई आरक्षणको व्यवस्था गर्न प्रस्ताव गरेको प्रति आपत्ति जनाएका छन् ।

उनको ध्यानाकर्षण पत्रमाआर्थिक अपारदर्शिता कहालीलाग्दो रहेको र वरिष्ठ उपाध्यक्ष यामपी भुसालको संयोजकत्वको आन्तरिक लेखा परीक्षण प्रतिवेदनलेसमेत औंल्याएको आरोप लगाइएको छ । भुसालको प्रतिवेदनका प्रत्येक बुंदाले खाता सञ्चालकको मिलेमतोमा अनियमितता भएको देखाएकाले सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने बानियाको धारणा छ ।

संघको नेतृत्व क्षमतामा प्रश्न उठाउँदै बानियाले २०७६ चैत्र २८ गतेदेखि शिक्षक महासंघका अध्यक्षलाई निवृत्त भएको भन्दै अध्यक्ष पदमा अस्वीकार गरेर ११ महिनसम्म कथित बहिस्कार गरेको नाटक गरी २०७७ फागुनमा केशर महल र दामन बैठकमा उनकै अध्यक्षता स्वीकार गरी बैठकमा सहभागी भएर ११ महिनासम्म निवृत्त अध्यक्षबाट गरेका कार्यलाई अनुमोदन गर्नु लज्जास्पद भएको दावी गरेका छन् ।

राहत शिक्षक, अस्थायी सेवा अवधि गणना, इसीडीशिक्षक, विद्यालय कर्मचारी, प्राविधिक धारका शिक्षक लगायतका समस्या समाधानमा संघको वर्तमान नेतृत्वले कुनै प्रयास र पहल नगरे जस्ता विषय समेटेका छन् ।

यस्तै, स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले शिक्षकका समस्या समाधान भन्दापनि संघको संघीय नेतृत्व दलीय राजनीति गर्न व्यस्त रहेको आरोप लगाए ।

शिक्षकका तमाम् समस्या एकतिर थाति राखेर नेतृत्व दलीय नेताहरु खुसी बनाउन मात्रै खटेको उनको आरोप छ । कोरोना महामारीमा वैकल्पिक सिकाइ सहजीकरण, अस्थायी, राहत, इसिडि, साविक उमाविलगायतका शिक्षक, विद्यालय कर्मचारीको अधिकारका पक्षमा कामगर्न नसकेको भन्दै भट्टराईले ६ हजार तलब खाने शिक्षक बाट उठाएको लेवी बाट संघका पदाधिकारीले फर्जी तलब खाएको आरोप लगाएछन् ।

शिक्षक संघ अछामका पूर्व अध्यक्ष पदम अधिकारीले वर्तमान नेतृत्व शिक्षकका राजनीतिक र पेसागत समस्य हल गर्न, कोरोना महामारीमा सिकाइ सहजीकरणको सन्दर्भमा प्रभावकारी भूमिका खेल्न असफल भएको आरोप लगाए ।

Thuprai - Books and E-books