CMAT

बाल विकासको तथ्याङ्कका आधारमा लगानी बढाउनेः शिक्षा मन्त्री

Bachelors Portal

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बाल विकास कक्षा दुई वर्षको बनाउने प्रस्ताव गरिएको जानकारी दिएकी छिन् ।

उनले आगामी नीति तथा कार्यक्रम र बजेटमा बाल विकासका  विषयमा तथ्यांकका आधारमा लगानी बढाउने र प्रतिफलको सुनिश्चितता गर्ने गरी काम हुँदै गरेको जानकारी दिइन् ।

आगामी वर्षको नीति तथा कार्यक्रममा बाल विकास कक्षा २ वर्षको गर्ने गरी कानुनी प्रबन्ध गर्ने र व्यवस्थित गर्ने नीति प्रस्ताव गरिएको  जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले बाल विकासको समस्याका विषयमा धेरै सुझाव र गुनासा सचिवालयमा प्राप्त भएको जानकारी दिइन् । ‘पक्कै पनि बाल विकास शिक्षकलाई दिने सुबिधा सन्तोषजनक छैन।’ उनले भनिन्, ‘तिनै तहका सरकार मिलेर यसमा काम गर्नुपर्छ र मन्त्रालयले आवश्यक समन्वय सुरु गरेको छ।’

एक महिनामा प्रदेश र स्थानीय सरकारसंगको छुट्टाछुट्टै बैठकमा यो विषयमा समन्वय गर्ने र समाधान खोज्ने गरी छलफल सुरु गरिएको जानकारी दिइन् ।

Thuprai - Books and E-books
I Tech store