After SEE Portal

ईसीडी शिक्षकको महत्त्व राज्यले बुझेन

Bridge Course

‘हामी लामो समयदेखि दैनिक खाजा खान पनि नपुग्ने पारिश्रमिकका भरमा काम गरिरहेका छौ, सम्पूर्ण शिक्षाको जग बसाल्ने हाम्रो कदर न त राज्यले गर्यो न त सुन्यो ।’ उनले भनिन्, ‘हामी कैदीबन्दीले पाउने दैनिक खर्चभन्दा कममा काम गरिरहेका छौं, राज्यका लागि हाम्रो योगदान कैदीको जति पनि छैन त ?’

ईसीडी शिक्षकको कथा

ममी तपाईंको तलब कति छ ? स्कुलबाट घर आउँदा मलाइ नोट कपी ल्याइदिनु है ! उनी हरदिन विद्यालय जान्छिन् । अरु सर मिसको जस्तै १० बजे विद्यालय पुगेर ३.४५ तिर घर फर्किन्छिन् । सबैको तलब आउँदा  गोजी मोटो हुने तर, आफ्नै रित्तैभन्दा पनि फरक नपर्ने हुन्छ । आधारभूत आवश्यकताका सामान १५ दिनलाई पुग्ने नकिन्दै तलब सकिन्छ । आफ्ना छोराछोरीको ससाना माग पनि पुरा गर्न नसक्दा जिउनु न मर्नुको दोसाधमा हरपल पुग्ने गरेको हरिहर आधारभूत विद्यालय तेह्रथुममा विगत एक दशकदेखि बाल विकास शिक्षकका रुपमा कार्यरत शिक्षक सिर्जना लिम्बु बताउँछिन् ।

शारदा आचार्यले बालविकास शिक्षकका रुपमा पढाउन सुरु गरेको १८ वर्ष भयो । एक महिनालाई पुग्ने नुन तेलसम्म किन्न नपुग्ने तलबमा उनले १६ वर्षसम्म काम चलाइन् । उनी अहिले पाथिभरा आधारभूत विद्यालयमा कार्यरत छिन् । सुरुमा पाथिभरा नवयुवा क्लबबाट बालशिक्षकका रुपमा पढाउन सुरु गरिन् । क्लबबाटै उनले २०६२–६६ सालसम्म शिक्षण गरिन् । पछि क्लब नै विद्यालयमा परिणत भयो । ६६ पछि उनले सरकारबाट तलब खान सुर गरिन् । तर उनको पनि दसा उस्तै छ । अहिलेसम्म उनको मासिक तलबले आफ्ना छोराछोरीको ससाना माग पनि पुरा गर्न सक्दिनन् । अहिले पनि उनी आठ–दस हजारमा नै मासिक गुजारा चलाइ रहेकी छिन् । बुढानिलकण्ठ नगरपालिकाले दिनु पर्ने तलब अहिलेसम्म नदिँदा उनले संघीय सरकारले तोकेको तलब लिन पाएकी छैनन् । पालिकाले चैतबाट मात्र दायित्व बोर्होने हुँदा यो महिनाबाट मात्र मासिक न्यूनतम पारिश्रमिक पाउने आशामा उनी छिन् ।

शिक्षक चार्य कक्षाकोठामा छिरेपछि बालबालिकाको आँखामा आँसु र हाँसो देख्दा आफ्नो जीवनको सबै दुःख बिर्सिन पुग्छिन् । उनीहरूको हात समाएर लेख्न सिकाउँदा, लय हालेर पढ्न सिकाउँदा, नाच्दै, गाउँदै विद्यालय शिक्षाको संस्कार सिकाउँदा दुनियाँमा सबैभन्दा खुसी महसुस गर्छिन् तर एकै दिन बिदा नपाइने जागिरबाट १५ दिनको घर खर्चसम्म नजुट्दा दुःख लाग्ने गरेको छ ।

सुरुमा प्राथमिक तहको करारमा ७ वर्ष शिक्षण गरेकी रेखा रानाभाट माथिल्ला कक्षामाभन्दा बालविकासमा पढाउन चुनौतिपूर्ण हुने बताउँछिन् । बाकेँको  कोहलपुरको श्रीकृष्ण माविमा सात वर्ष प्राथमिक तहको कक्षा पाँच सम्म गणित शिक्षक भएर काम गरेकी उनले बालविकास शिक्षकका रुपमा काम गरेको १७ वर्ष भयो । उनी अहिले गौतम आधारभूत फूलबारी भरतपुर १५ चितवनमा ईसीडी शिक्षक हुन् । माथिल्ला कक्षामा एकदुई पटक सम्झाउँदा उदाहरण दिँदा बालबालिकाले बुझ्ने तर ईसीडीका बालबालिकालाई भने एकै दिनमा १० पटकभन्दा बढी सिंगान पुछ्नुपर्ने, हजारौं पटक हात समाएर लेख्न सिकाउनु पर्ने हुँदा सिकाउन चुनौतीपूर्ण हुने उनको बुझाइ छ । ‘बालबालिकाको मनोविज्ञान बुझेर हामी उनीहरूको रुची अनुसार सिकाउँछौं ।’ उनले भनिन्, ‘हामी बच्चाको खुसीमा रमाउँछौं, हास्दा संगै हास्छौं, रुँदा संगै रुन्छौं, देशको कर्णधार, शिक्षाको जगका रुपमा रहेको ईसीडीका बालबालिकाको भविष्य सम्झेर चित्त बुझाउँछौं ।’

आमाको काख छाडेर विद्यालय प्रवेश गरेको दुधे बालबालिकालाई कक्षामा बस्न योग्य बनाउनु नै चुनौतीपूर्ण रहेको उनको बुझाइ छ ।

बर्तमान नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति महासचिव निर्मला गिरी २०७५ सालमा भएको शिक्षक आन्दोलनमा पानीको फोहोर, अश्रु ग्यास र प्रहरीको लाठी र बुट प्रहारपछि घाइते भइन् । तत्काल उनलाई वीर अस्पतालमा लगेर उपचार गरियो राम्रो स्वास्थ्य परीक्षण भएन । आन्दोलनमा भएको प्रशासनको हस्तक्षेपका कारण उनको स्वास्थमा दीर्घकालीन असर देखा पर्यो । अहिले उनी वीर अस्पतालमा भर्ना भएर उपचार गरिरहेकीछिन् । तर उनलाई उपचार गर्न कित रिन नै गर्नुपर्छ कित घरबारी नै बेच्नुपर्छ । नत उनीसंग आफुले काम गरेवापतको निश्चित सुरक्षण रकम छैन नत सरकारले नै औषधोपचारका लागि खर्च बेर्होछ ।

शिक्षा एनेको आठौं संशोधनले ईसीडी पढाउनेलाई पनि शिक्षक भनेर सम्बोधन गर्यो ।

नीहरूको दिन चर्या भनेकै ससाना बालबालिकाको दोस्रो आमा बन्ने भएको छ । ती ससाना बालबालिकाले रोएको बेला आमा बनेर फकाउँछन् । फोहोर गरेको बेला आया बनेर सफा गर्छन् । खुसी भएको बेला खुसी हुँदै उनीहरूको हात समाएर कख..., aba, १,२,३ लेख्न पढ्न सिकाउँछन् ।

यी प्रतिनिधि शिक्षक मात्र हुने । अहिले यस्तै मनोदशामा छन् देशभरका ३६ हजार ५९३ जनासहित स्थानीय तहबाट नियुक्त ५३ हजारभन्दा बढी शिक्षक । उनीहरूको दिन चर्या भनेकै ससाना बालबालिकाको दोस्रो आमा बन्ने भएको छ । ती ससाना बालबालिकाले रोएको बेला आमा बनेर फकाउँछन् । फोहोर गरेको बेला आया बनेर सफा गर्छन् । खुसी भएको बेला खुसी हुँदै उनीहरूको हात समाएर कख..., aba, १,२,३ लेख्न पढ्न सिकाउँछन् ।

पारिश्रमिकको इतिहास

चार वर्ष उमेर पुरा गरेका बालबालिकालाई विद्यालय जानु पूर्व एक वर्षको शिक्षा दिने उद्देश्यले प्रारम्भिक बालविकास शिक्षा दिन सरकारले २०५३ देखि सुरु गर्यो । पछिल्लो आर्थिक सर्वेक्षणअनुसार देशभर ३६ हजार ४५० ईसीडी सञ्चालित छन् । भने संघर्ष समिति अध्यक्ष कृष्णकुमारी थापा मगरका अनुसार ३६ हजार ५९३ जना बालविकास शिक्षक कार्यरत छन् । त्यस्तै सम्बन्धित स्थानीय सरकारले समेत ईसीडी शिक्षक नियुक्ति तथा व्यवस्थापन गरेको हुँदा अहिले २०५३–५४ को सुरु नियुक्ति र स्थानीय सरकारको नियुक्तिलाई जोड्दा करिब ५३ हजार इसिडी शिक्षक कार्यरत छन् ।

तत्कालीन बालविकास शिक्षकलाई सरकारले मासिक रु. ५०० सय दिन्थ्यो । क्रमशः रु. ८००, १०००, १५००, १८०० र शिक्षा ऐनको आठौं संशोधनपछि रु. ३००० प्रदान गर्न थाल्यो । देशभित्रको बढ्दो महंगी र न्यून पारिश्रमिकका बाबजुद बालविबास शिक्षकले २०७२ सम्म रु. ३००० हजारमा नै चित्त बुझाएर काम गरे । २०७२ सालदेखि बालविकास सहजकर्ताले मासिक रु. ६००० मा चित्त बुझाए ।

सरकारले आर्थिक वर्ष २०७८–७९ मा ईसीडी शिक्षकलाई श्रम ऐनले तोकेको न्यूनतममा पारिश्रमक दिने घोषणा गर्यो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै भनेका थिए, ‘ प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम १५ हजार न्यूनतम मासिक पारश्रमिक उपलब्ध गराइने छ । नेपाल सरकारले हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकमा बृद्धि गरी ८ हजार रुपियाँ पुर्याएको छुँ । न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले बेहोर्ने व्यवस्था मिलाइनेछ । प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक रु १५ हजार बनाउनका लागि रु५ अर्ब ५५ करोड रुपियाँ विनियोजन गरेको छु ।’

उक्त वर्ष बजेटमा घोषणा गरिए पनि उक्त रकम आधा पालिकाले पनि नदिएको अध्यक्ष मगरको दाबी छ ।

सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटमा संघ सरकारबाट रु १० हजार र स्थानीय सरकारबाट ७ हजार गरी १७ हजार दिने घोषणा गरेको छ । तर अहिलेसम्म करिब ५०० स्थानीय तहले मात्र तोकिएको पारिश्रमिक दिएको अध्यक्ष मगर बताउँछिन् । उनका अनुसार केही पालिकाले चैतबाट मात्र दिने निर्णय गरेको सुन्नमा आएका छ ।

सडक आन्दोलनपछि पोसाक

ईसीडी शिक्षक, राहात लगायतका अन्य शिक्षक समूहले २०७५ फागुन २१ देखि २३ गतेसम्म सडक आन्दोलन गरे । प्रशासनको चरम दमनका कारण धेरै बालविकास शिक्षक घाइते भए । वर्तमान अध्यक्ष, महासचिव लगायत अन्य शिक्षक माथि भएको प्रशासनको आक्रमणका कारण अहिलेसम्म स्वास्थ्यमा असर देखिएको छ । महासचिवसहित केही शिक्षक अहिले पनि उपचारत छन् । तर सडक आन्दोलनपछि भएको सहमतिले सरकारले बाल विकास शिक्षकलाई पनि अन्य शिक्षकलाई सरह पोसाक प्रदान गर्न थालेको छ ।

भविष्यको सुरक्षण छैन

सरकारले अहिलेसम्म ईसीडी शिक्षकलाई न्यून पारिश्रमिक बाँहेक अन्य सुविधा प्रदान गरेको छैन । लामो समय सेवा दिएका शिक्षक पेसाबाट अवकास हुँदा रित्तै हात फर्कनु पर्ने अवस्था छ । उमेर हदका कारण अवकास भएपछि ईसीडी शिक्षकले ज्यालादारीमा गुजारा चलाउनु पर्ने अवस्था विद्यामान छ । शिक्षक सरह औषधोपचार, बिमा, भविष्य सुरक्षणका अन्य कुनै व्यवस्था सरकारले गरेको छैन ।

नीतिगत व्यवस्था

प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिकाले केन्द्र व्यवस्थापन समितिले तोकेको पारिश्रमिक पाउने भनेको थियो ।

राष्ट्रिय शिक्षा नीति, २०७६ नेपाल सरकार, मन्त्रिपरिषद्ले मिति २०७६ कार्तिक १८ मा स्वीकृत भयो । सो नीतिमा ‘प्रारम्भिक बालविकास शिक्षकलाई प्रचलित कानुनमा व्यवस्था भएबमोजिम न्यूनतम् पारिश्रमिक र सामाजिक सुरक्षाका व्यवस्था गरिनेछ । त्यस्ता शिक्षकको कार्यसम्पादनका आधारमा प्रत्येक वर्ष मूल्याङ्कन गरी पुरस्कार र दण्ड दिन व्यवस्था कार्यान्वयनमा ल्याइनेछ’ भन्ने उल्लेख गरिएको छ ।

श्रम ऐनले गरेको व्यवस्था अनुसार कुनै पनि संस्था वा कम्पनीले कसैलाई पनि मासिक रु १३ हजार ५०० भन्दा न्यून पारिश्रमिकमा काममा लगाउन नपाउने व्यवस्था गरेको छ ।

शिक्षा नीतिमा उल्लेख गरिएको, ‘कानुनमा व्यवस्था भएबमोजिम भनेको के हो ?’ भन्ने प्रश्न उब्जिएको छ ।

सो नीतिले प्रारम्भिक बालविकास केन्द्रमा पठनपाठन गराउने शिक्षक एवं सहजकर्ताको शैक्षिक योग्यतामा माध्यमिक तह (कक्षा १० उत्तीर्ण ) अनिवार्य गर्यो । साथै शिक्षा नीतिमा ईसीडीका बालबालिकाहरूका लागि सुरक्षा, सरसफाइ, हेरचाह, खाजा तथा अन्य कार्यमा सहयोग पुग्ने नयाँ व्यवस्था गर्ने भनिएको छ । तर यो नीति अहिलेसम्म कार्यान्वयमा भने आएको देखिँदैन ।

ईसीडी शिक्षक व्यवस्थापनका लागि के गर्नुपर्छ ?

विद्यालय संरचनाभित्र बाल विकास कक्षालाई समेटेर कानुन बनाउनु पर्ने संघर्ष समिति अध्यक्ष मगरको माग छ ।

बालविकास शिक्षकलाई प्राथमिक तह तृतीय श्रेणी सरहको दरबन्दी सिर्जना हुने कानुन बनाउनुपर्छ । ‘प्राथमिक तह तृतीय श्रेणीमा स्थायी गर्नका लागि आन्तरिक प्रस्तिपर्धा गराउने कानुन बनाउनुपर्छ ।’ उनले भनिन्, ‘आन्तरिक प्रतिस्पर्धामा नजाने शिक्षकलाई गोल्डेन हेण्डसेकको व्यवस्था गरिनुपर्छ ।’

ससाना बालबालिकासंग २० औं वर्ष बिताएका सहजकर्तालाई घर जानेबेलामा रित्तै फर्काउने परम्पराको अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन् ।

परीक्षामा भाग लिन उमेर हद लाग्न नहुने, प्रारम्भिक बालशिक्षकलाई सेवा अवधि गणना गरेर पेन्सन र उपदानको समेत व्यवस्था गर्ने कानुन बनाउनु पर्ने उनको माग छ ।

नयाँ शिक्षा मन्त्रीको आश छ, भरोसा छैन

ईसीडी शिक्षकका माग र मुद्दाका विषयमा शिक्षा मन्त्री सुमना श्रेष्ठलाई हिजो आग्रह गरेका छन् । नयाँ मन्त्रीको कार्यशैली देख्दा ईसीडी शिक्षकलाई पनि अब चाहीँ केही होलाकी भन्ने आश लागेको भए पनि निरन्तर परिवर्तन भइरहने सत्ताको खेलका कारण भरोसा नभएको शिक्षकहरू बताउँछन् ।

मन्त्रीले सरोकारवालाबाट आएको सुझाव अनुसार माग सम्बोधन गर्न पहल गर्ने प्रतिवद्धता गरेको अध्यक्ष मगरले बताइन् ।

ईसीडीका शिक्षक ९० प्रतिशत भन्दा बढी महिला छन् । महिला भएकै कारण आफ्नो माग, मुद्दा र आवश्यकता राज्यले नबुझेको अध्यक्ष मगरको गुनासो छ । ‘हामी लामो समयदेखि दैनिक खाजा खान पनि नपुग्ने पारिश्रमिकका भरमा काम गरिरहेका छौ, सम्पूर्ण शिक्षाको जग बसाल्ने हाम्रो कदर राज्यले न त गर्यो न त सुन्यो ।’ उनले भनिन्, ‘हामी कैदीबन्दीले पाउने दैनिक खर्चभन्दा कममा काम गरिरहेका छौं, राज्यका लागि हाम्रो योगदान कैदीको जति पनि छैन त ?’

A Levels MA