After SEE Portal

गणितमा एक लाख बढीको ग्रेड ई

Bridge Course

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को भर्खरै सार्वजनिक भएको  नतिजा हेर्दा अनिवार्य गणित विषयमा  ई ग्रेड ल्याउनेको संख्या धेरै रहेको छ ।

परीक्षामा सम्मिलित ४ लाख ८३ हजार ५६५ मध्ये १ लाख ५५ हजार ४५८ जनाको ग्रेड ई आएको छ । सो विषयको परीक्षामा ९जना ७६८ परीक्षार्थी अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दियो ।

बोर्डका अनुसार ऐच्छिक प्रथम पत्र अर्थशास्त्रमा ५६ हजार ८७४ जनाको ग्रेड ई आएको छ । त्यसैगरी ऐच्छिक गणितमा १७ हजार २०१ जनाको ग्रेड ई आएको छ ।

त्यसपछि चौथो कमजोर विषयका रुपमा अनिवार्य सामाजिक विषय रहेको छ । सो विषयमा ई ग्रेड ल्याउनेको संख्या एक हजार ७२१ जना रहेका छन् । अनिवार्य अंग्रेजीमा ४०७ जना र नेपालीमा ६३ जनाको ई ग्रेड आएको छ ।

कम्प्युर विज्ञानमा ए प्लस ल्याउने धेरै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐच्छिक विषयको नतिजा राम्रो देखिएको छ । भर्खरै प्रकाशन भएको नतिजाअनुसार ऐच्छिक द्वितीय पत्र कम्प्युर विज्ञानमा ए प्लस ल्याउने विद्यार्थीको संख्या ३१ हजार ८७२ जना रहेका छन्।भने, अनिवार्य विषय तर्फ स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा २२ हजार ५७४ जनाले ए प्लस ल्याएका छन्।

२२ हजार ८८ जनाले कार्यालय व्यवस्थापन र लेखामा विषयमा ए प्लस ल्याएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार अनिवार्य गणितमा १९ हजार ३३०, अनिवार्य अंग्रेजीमा १७ हजार ६२९ र ऐच्छिक गणितमा ए प्लस ल्याउनेको संख्या १६ हजार ६५८ जना रहेको छ।

अनिवार्य विज्ञानमा ९ हजार ५७३ जनाले ए प्लस ल्याएका छन् भने अनिवार्य नेपालीमा तीन हजार ५४० जनाले ए प्लस ल्याएका छन्। यस्तै अनिवार्य सामाजिक अध्ययनमा दुई हजार ३९७ जनाको ए प्लस आएको छ।

A Levels MA