After SEE Portal

जोखिम कायम रहेकाले काठमाडौंका विद्यालय तत्काल नखुल्ने,अन्य महानगरले आफ्नो अनुकूल निर्णय लिए (साप्ताहिक शैक्षिक गतिविधि भदौ २६–असोज १)

Bridge Course

स्वास्थ्य मन्त्रालयले ठुला सहरका विद्यालय खोल्न हतार नगर्न निर्देशन दिएसंगै महानगरपालिकाले आआफ्नो अनुकूलका निर्णय गर्न थालेका छन् ।

काठमाडौं महानगरपालिका शिक्षा समितिको बैठकले तत्काल जोखिम कायमै रहेकोले विद्यालय खोल्न हतार गर्न नहुने निर्णय गरेको छ ।

शिक्षा समितिले सरोकारवालाहरुसंग राय सुझाव तथा परामर्श गरी पूर्वाधारहरूको अध्ययन गरे पछिमात्र भौतिक रूपमा विद्यालय खोल्न एउटा कार्यदल गठन गरेको छ ।

शिक्षक तथा अभिभावक प्रतिनिधि समेत रहेको ७ सदस्यीय कार्यदल गठन गको हो । कार्यदलले तयार गरेको सुझावको आधारमा असोज ४ गते बस्ने शिक्षा समितिको बैठकले मात्र निर्णय गर्ने भएको छ ।

त्यसैगरी, ललितपुर महानगरपालिकाले आजदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने जिम्मा विद्यालयलाई नै दिने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सम्वन्धित सरोकारवालाहरुसँग छलफल गरी स्वास्थ्य सम्वन्धी मापदण्डको पूर्ण रुपमा पालना गरी विद्यालय सञ्चालन गर्ने जिम्मा विद्यालयलाई नै दिएको हो ।

त्यस्तै विराटनगर महानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा तयार गरेको छ । सो कार्यढाँचामा इन्टरनेटमा पहुँचहुने विद्यार्थीको समूह, इन्टरनेटमा पहुँच नहुने विद्यार्थीको समूह, विद्यालय बसको प्रयोग गर्ने विद्यार्थी,जटिल प्रकृतिका रोग भएका विद्यार्थीको समूह, विद्यालयमा संक्रमण देखिएमा वा संक्रम्णको आशंका भएमा, विद्यालयले नै कार्यढाँचा तयार गर्न सक्ने गर्ने जस्ता कार्यढाँचा तयार गरेको छ कार्यढाँचातयार गरी पठनपाठन अघि बढाउने निर्णय गरेको छ ।

त्यसैगरी पोखरा महानगरपालिकाले निजी तथा सामुदायिक विद्यालयहरु आज देखि सञ्चालनमा ल्याएको छ । महानगरको नगर शिक्षा समितिको आइतबार बसेको बैठले स्कुल खोल्न दिने निर्णय गरेसंगै आजबाट विद्यालय सञ्चालनमा ल्याइएको हो ।

विदँलय खुल्नु अघि कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्रांगण पूर्णरुपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न दिएको छ ।

भरतपुर महानगरपालिकाले एक दिनमा तीन घण्टा मात्र सिकाइ सहजीकरण गर्ने, शिक्षक तथा विद्यार्थीले बोल्दा अनिवार्य मास्क लगाएर भौतिक रुपमा नै कक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

कक्षा १२ को परीक्षा सुरु

कोभिडको प्रभावका कारण पटक पटक राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि शुरु भएको छ । आजदेखि भौतिक उपस्थितमा शुरु भएको परीक्षा आगामी असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि बोर्डले पहिलो पटक जेठ २६ देखि असार ४ गतेसम्म र दोस्रो पटक साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको भए पनि कोरोनाका कारण स्थगित गरेको थियो ।

आधुनिक भवनमा विद्यार्थी आकर्षण बढ्न

चिरिच्याट्ट परेका भवन भित्रका आर्कषक कक्षाकोठा । सुविधा सम्पन्न प्रयोगशाला । आकर्षक पुस्तकालय भएको विद्यालयको सिकाइ उपलब्धि राम्रो भएको हालै शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सार्वजनिक गरेको एउटा प्रतिवेदनले उल्लेख गरेको छ । सन् २०१९ मा गरेको कक्षा १० को सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । सामुदायिक विद्यालयको भौतिक अवस्थामा स्तरोन्नति गरिएसंगै शिक्षाको गुणस्तर सुधार आउने अपेक्षाका साथ विद्यालयको पूर्वाधार विकासका लागि विभिन्न योजना तथा परियोजना सञ्चालन गर्दै आएको छ ।

०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएका भवनको पुनर्निर्माण भएका सामुदायिक विद्यालयको भौतिक अवस्थामा सुधार आएका छ। सुविधासम्पन्न भवनमा बालबालिकाको पढाइको स्तरमा सुधार आउने विश्वास गरिएको छ ।

बुधबार मात्र ललितपुरको लगनखेलस्थित नमुना मच्छिन्द्र माविको नवनिर्मित भवन उद्घाटन गरियो । प्रधनमन्त्ती शेरबहादुर देउबाले उद्घाटन गरेको सो विद्यालय २००८ सालमा स्थापना गरिएको हो । ३० वटा कक्षाकोठा आवश्यक पर्ने विद्यालयका लागि १८ ओटा कक्षाकोठा निर्माण गरिएको छ । जापान सरकारको १२ करोड ३० लाख रुपियाँमा निर्माण भएको सो विद्यालयमा जापान सरकारले तीनवटा भवन बनाइदिएको छ। 

तीनवटै भवनमा जम्मा ३३ ओटा कोठा छन्। अझै चार सय विद्यार्थीका लागि कोठा अपुग छ । महतले बताए। यस विद्यालयमा बालशिक्षादेखि १२ कक्षासम्म गरी एक हजार ९ विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ३७ विद्यार्थी दृष्टिविहीन छन्। २० जना दृष्टिविहीन विद्यार्थी आवासीय रूपमा अध्ययनरत छन्।

जापान सरकारले भूकम्पबाट क्षति भएकामध्ये २७४ वटा विद्यालय भवन निर्माणको सम्झौता गरेको थियो। हालसम्म २१९ ओटाको निर्माण सम्पन्न भइसकेको छ।

भूकम्पछि सरकार र दातृ निकायको सहकार्यमा देशभरि ७ हजार ५५३ विद्यालय भवन पुनर्निर्माण भइरहेका छन्। यीमध्ये कतिपय निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ भने केही निर्माणको अन्तिम चरणमा छन्। 

२०७२ सालको भूकम्पपछि क्षतिग्रस्त ९ हजार ७२ विद्यालय भवनमध्ये सरकारको पुनर्निर्माण कार्यक्रममा ७ हजार ५५३ विद्यालय परेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हालसम्म ६ हजार ६४४ वटा भवन निर्माण भइसकेको बताए। अब बाँकी रहेको १२ प्रतिशत भवन पुनर्निर्माणको काम शिक्षा मन्त्रालयले सम्पन्न गर्ने जानकारी दिए।

यसैविच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका संरचनाको पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु सम्बन्धित निकायमा हस्तान्तरण सुरु गरिएको छ । पुनर्निर्माण गर्न बाँकी रहेका शैक्षिक संस्थाहरुको पुनर्निर्माणसम्बन्धी कार्यहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सोअन्तर्गतका तोकिएका जिल्लास्थित कार्यालयहरुमा हस्तान्तरण गरिएको छ ।

पुनर्निर्माण गर्न बाँकी रहेका कार्यसहित सम्बन्धित केन्द्रीय एवं जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गत रहेका सम्पत्ति, दायित्व, श्रेस्ता कागजात, बेरुजु विवरण एवं कार्यालयसमेत सम्बन्धित निकायमा हस्तान्तरण भइसकेका छन् ।

त्रिवि पनि खुल्यो

त्रिभुवन विश्वविद्यालयले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ । स्थानीय निकायसंग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवम् सर्तकता अबलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न त्रिविले आफ्नो मातहतका निकायलाई निर्देशन दिएको छ ।

त्रिवि कार्यकारी परिषद्ले गत २७ गते गरेको निर्णयअनुसार सबै क्याम्पसरविभागरस्कूलहरूमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिविरजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना गरी निर्देशन दिएको हो ।

राष्ट्रिय जनगणना, २०७८ मा शिक्षकलाई महत्वपूर्ण जिम्मेबारी

सरकारले राष्ट्रिय जनगणना, २०७८ मा शिक्षकलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ । यो जनगणनामा सरकारले शिक्षकलाई प्रशिक्षक तथा स्थानीय जनगणना अधिकारीका रुपमा खटाउने भएको छ ।

विगतका जनगणनामा शिक्षकले गणकको रुपमा काम गर्दै आएकोमा पहिलो पटक शिक्षकलाई फरक खालको जिम्मेवारी प्रदान गरेको हो । यस पटक गणकका लागि आवेदन माग गरेर खुला रुपमा पतिष्पर्धा गराइ गणक छनोट गर्ने भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले एक हजार सात सय शिक्षकलाई प्रशिक्षकका लागि तालिम दिइएको भए पनि एक हजार पाँच सय शिक्षकलाई मात्र प्रशिक्षक तथा स्थानीय जनगणना अधिकारीको रुपमा नियुक्ति दिएको जानकारी दिए ।

धमाधम शिक्षक दरबन्दी मिलान

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य कार्तिक मसान्त सम्म सम्पन्न गर्ने भएको छ । दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको हुनाले विभिन्न जिल्लाका स्थानीय तहमा बढी भएका शिक्षकलाई अन्य जिल्लाको अन्य पालिकामा स्तानान्तरण गर्ने प्रक्रिया समेत सुरु गरेको छ ।

दरबन्दी मिलानको कार्य भइरहेको हुनाले बाँकी रहेका विभिन्न २७ जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षक दरबन्दी विवरण अद्यावधिक गराउन केन्द्रले निर्देशन दिएको हो  ।

खुद पुल दरबन्दी रहेको स्थानीय तहहरुबाट ११०० भन्दा बढी दरबन्दी तथा राहत कट्टा गरी अर्को आवश्यक जिल्ला भित्रका स्थानीय तहहरुमा स्थानान्तरण गरिसकिएको र बाँकी खुद पुलमा रहेको दरबन्दी स्थानान्तरण गर्ने प्रयोजनको लागि केन्द्रले एकाइलाई निर्देशन दिएको निर्देशक बसन्तप्रसाद कोइरालाले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books