After SEE Portal

काठमाडौं उपत्यका विद्यालय भौतिक रुपमा खोल्न हतार नगर्ने सहमति

Bridge Course

काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक रुपमा खुल्ने संभावना कम भएर गएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालासंगको छलफलमा कोभिड महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको हो ।

स्मार्ट लकडाउनको अवधारणा अनुसार काठमाडौं उपत्यका रेड जोनमा पर्छ ।   अधिकांश विद्यालयमा विद्यार्थी संख्या धेरै छ ।विद्यार्थी संख्या कम भएको विद्यालयमा मापदण्ड अपनाएर खोल्ने र धेरै विद्यार्थी भएको विद्यालय विस्तारै खोल्ने सहमति भएको छलफलका सहभागीले बताए ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले दशैंअघि उपत्यकाका विद्यालय नखोल्ने भद्र सहमति भएको जनकारी दिए । उनले भने ‘कतिपय बालबालिकाहरु गृह जिल्लामा भएको छन्, उपत्यसंक्रमणको जोखिम उत्तिकै छ त्यसैलेकाका काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमणको जोखिम उत्तिकै छ त्यसैले दशैंअघि विद्यालय खोल्न हतार गर्न हुँदैन, दशैंपछि खोल्ने भद्र सहमति भएको छ ।’

छलफलमा थोरै विद्यार्थी भएका विद्यालय मापदण्ड अपनाएर खोल्ने र धेरै विद्यार्थी भएको विद्यालय तत्काल नखोल्ने सहमति भएको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए ।

विद्यार्थी संख्या धेरै भएको विद्यालय तत्काल नखोल्ने सहमति भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले बताए । कम विद्यार्थी भएको विद्यालयले भने माथिल्लो कक्षाका विद्यार्थी पठन पाठन गराउन सक्ने सहमति भएको उनले जानकारी दिए ।

काठमाडौं उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालन ल्याएपछि निर्णयमा एकरुपताका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरोकारवालालाई आज छलफलमा बोलाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले कोरोना संक्रमणको जोखिम हेरेर स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने बताए । तर बालबालिकाको स्वास्थ्य सुरक्षाको जोखिमबारे सोच्नुपर्नेमा उनले जोड दिए । ‘जोखिम घटेको छैन, देशभरको सबै पालिकामा एउटै अवस्था छैन सबै विद्यालयमा पनि एउटै अवस्था छैन’ उनले भने, ‘सबै निकायलाई संवेदनशील भइदिन अनुरोध छ ।’

छलफलमा स्वास्थ्य मन्त्रालयका अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सीसीएमसीका अधिकारी र शिक्षा क्षेत्रसँग सरोकार राख्ने विभिन्न व्यक्तिहरु सहभागी थिए ।

काठमाडौंका केही स्थानीय तह र ललितपुर महानगरपालिकाका विद्यालय सञ्चालनमा आइसकेका छन् । भने, काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाले विद्यालय खुलाउने निर्णय भने गरेका छैनन् ।

A Levels MA
Thuprai - Books and E-books