A Levels MA

त्रिविले भोलिदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ ।

स्थानीय निकायसंग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवम् सर्तकता अबलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न त्रिविले आफ्नो मातहतका निकायलाई निर्देशन दिएको छ ।

त्रिवि कार्यकारी परिषद्ले गत २७ गते गरेको निर्णयअनुसार सबै क्याम्पसरविभागरस्कूलहरूमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिविरजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना गरी निर्देशन दिएको हो ।

सो सूचनामा त्रिवि अन्तर्गतका सबै क्याम्पसरविभागरस्कुलहरूले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रही कक्षा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिङ १९) को नेपालमा सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सचेतना अपनाई पूर्व तयारी एवम् सर्तकर्ता अवलम्बन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

अहिले त्रिवि अन्तर्गतका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ ।

Thuprai - Books and E-books