After SEE Portal

जन्मदर्ताले छेक्यो स्कुल जानलाई

Bridge Course

             

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं. ४ का दर्जनौ बालवालिका स्कुल नगएर घरमै खेलकुद गर्दै समय विताउन बाध्य भएका छन् ।विद्यालय भर्ना हुने उमेर पुगेका स्कुले बालबालिकाहरू आफनै टोलको चौतारामा समूहमै बसेर खेल्दै समय विताउने गरेको छ । खास गरी मुसहर समुदायका बालबालिकाहरू विद्यालय नगएर दिनभर घरमै बस्ने गरेका छन् । टोलकै चौतारामा हल्ला गर्दै खेलिरहेका छन् भने कोही झगडा गरिरहेका छन् त कोही आफ्नै तालमा रमाइ रहेको दृश्य दैनिक जसो देखिन पाइन्छ । बस्तीका बालबालिकाहरूको दैनिकको दिनचर्या खेलेरै बित्ने गरेको स्थानीय रामउदगार सदा बताउँछन् । टोलकै छेउँमा दलित प्राथमिक बिद्यालय छ, तर मुसहर समूदायका अधिकांश बालबालिकाहरू विद्यालयमा भने पढ्न जान सकेका छनैन् । 

मुसहर समुदायको बालबालिकाको जन्मदर्ता बनाउन नसक्दा विद्यालय भर्ना हुन नसकेर विद्यालय जानबाट बञ्चित भएको अभिभावकहरूले बताएका छन् । लोहारपटटीका अधिकांश मुसहर समुदायका अभिभावकहरूको नागरिकता नभएर छोराछोरीहरू स्कुल भर्ना समेत हुन सकेका छैनन् । नागरिकता बनाउन नसकेका बताउँने यहाँका अभिभावकहरूले गर्दा बालबालिकाहरू समेत त्यसको मारमा पर्दै आएका छन् । अभिभावकको नागरिकता नहुँदा बस्तीका सयौं बालबालिका जन्मदर्ताबाट बञ्चित हुनुको साथै शिक्षाबाट समेत बञ्चित हुदै आएका छन् । 

समुदायका बालबालिका शिक्षाबाट बञ्चित भएकोमा चिन्तित रहेको बताउँदै शिव सदाले भने सरकारकले शिक्षामा करोडाँै रकम खर्चिदै आएको भएपनि आफनोवस्तीमा भने कुनै अभियानले नछोएको बताएका छन् । अहिले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानिय तहमा आई सकेको अवस्थामा समेत कुनै प्रभाव पर्न नसकेको बताए । अन्य भागमा झिलिमिल्लीबत्ति बल्छ, विभिन्न कार्यक्रमहरू आउँछन्,’ उनले भने, ‘तर, यहाँका बच्चा अझै शिक्षाबाट बञ्चित छन् । सरकारको कुनै पनि अभियानले मुसहर बस्तिको सदा टोललाई छुन सकेका छैन् । ‘यहाँको अतिविपन्न परिवार मुसहर समुदायको बसोबास भएको यस बस्तिमा सरकारको सबै अभियान शून्य रहेकाले घर अगाडी नै रहेको स्थानीय सरकारले मुसहर बालबालिकाको लागि अहिलेसम्म केही गर्न नसकेको अभिभावकहरूको आरोप रहेको छ ।  

दलितलाई साक्षर बनाउने नाममा सरकारी निकायदेखि लिएर विभिन्न एनजिओहरूले समेत वर्षेनी लाखौं रूपैयाँ खर्चिने गरेको छ । स्थानीय सरकारले बनाएको असहजताले मुसहर बालबालिकाहरू शिक्षाबाट बञ्चित भएको हो । दलितहरूको उत्थान र विकासको नाममा लाखौं रकम उठाउने गैर सरकारी संस्थाहरूको समेत उक्त बस्तीमा ध्यान पुग्न सकेको छैन् । ‘भारतको चेन्नईमा कमाएर आए, घरमा श्रीमती बिरामी थिए, उनले कमाएर ल्याएको सवै रकम श्रीमतीकै उपचारमा खर्च भयो, अहिले दिनभरि साहु महाजनका खेतमा काम गरेवापत पाँच किलो धान कमाउने गरेको छु, यसैबाट दैनिक गुजारा गर्दै आएको मुसहरवस्तीका अभिभावक रामदयाल सदाले बताए । उनले भने, ‘कहाँबाट बच्चालाई पढाउने, कापी कलम  कहाँबाट किन्ने ?पैसा हुनु पर्यो नी ।’ आफ्नो छोराको नागरिकता बनाउन जाँदा भोगेको पीडा सुनाउँदै उनले विना सोर्स नागरिकता बनाउन नसकेको दुखेसो पोखे । 

नागरिकता नहुँदा नातीको जन्मदार्ता बनाउन सकेनौं र नातीनातीनी शिक्षाबाट बञ्चित रहेको उनले बताए । ‘यहाँको अधिकांश घरमा उस्तै समस्या छ । पाँच किलो धानको मद्दतले वर्षभरि धन्न धौ–धौं हुन्छ । चाडबाड, बिहेबारी जस्ता परम्परामा तीन रूपैयाँ सैकडाको हिसाबले ऋण लिएर बेहोर्छन् । मोहन सदाले भने, ‘यहाँ प्राय घरपरिवारमा ऋणको बोझले गर्दा सवै समस्यामा रहेका छन् । रूपैयाँ पैसा आम्दानीको लागि न कुनै सिप छ, न त व्यवसाय नै । छोराछोरी कुन पैसाले पढाउने ? । ‘पैसा अभावमा आफ्नो नागकिता बनाउन नसकेको बताउँने उनको दुई छोरी र एक छोरा पढनबाट बञ्चित रहेका छन् । ‘सरकारको नजर हामी कहाँ पुगेको छैन, ‘उनले भने, ‘हामी सधै शोषित, पिडित र अपहेलित रहन बाध्य भयौं, बिकास भएन, ६० वर्ष हुन लाग्यो जसरी जन्मिएर हुर्कियौं, अहिले पनि त्यस्तै पारिवारिक स्थिति छ, अरू बिकासको त कुरै छोडौं ।, हामी समाजिक, मानसिक र आर्थिक रूपमै सधै अपहेलना सहनुपरेको बताएका छन ।  

A Levels MA
Thuprai - Books and E-books