After SEE Portal

सेवा आयोगका कारण त्रिविमा शिक्षक कर्मचारी अभावः उपकुलपति

Bridge Course

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले त्रिवि सेवा अयोग नियमित नहुनाले देशभरका सवै क्याम्पसमा मानवस्रोतको अभाव भएको बताए ।

 गण्डकी प्रदेशमा रहेका ६ ओटा आंगिक क्याम्पसको स्थलगत अध्ययनका क्रममा उनले सरोकारवालसंग छलफलगर्दै यस्तो धारणा राखेका हुन् ।

छलफलका क्रममा उनले सेवा अयोगको पदपुर्ति हुनाँसाथ रिक्द दरवन्दीमा विज्ञापन गर्ने बताए ।

शिक्षक तथा कर्मचारीहरुलाई आफ्नो क्षमता विकासमा लाग्न प्रेरित गर्दै उपकुलपति प्राडा बरालले त्रिविमा योग्यता र क्षमताको आधारमा नियुक्तिका अवसर उपलब्ध गराउने आफनो सोचपत्रमा उल्लेखित विषयलाई कार्यान्वयमा ल्याउने धारणा व्यक्त गरे ।

पृथ्वीनारायण क्याम्पसका वनस्पतीशास्त्र विषय लिएर अध्ययनरत विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नुहुदै उपकुलपति प्रा.डा केशरजंग बराल

उच्चशिक्षाको समग्र विकासका लागि सवै शिक्षक–कर्मचारी र विद्यार्थीहरुलाई सहयोग गर्न समेत अनुरोध गरे । स्थलगत अवलोकनकै क्रममा उहाँले पृथ्वीनारायण क्याम्पसको नवनिर्मित शिक्षाशास्त्र संकायको भवनको समेत शिलान्यास गरेका छन् । क्याम्पसले अयोजना गरेको प्राध्यापक कर्मचारी मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा पुरस्कृत शिक्षक कर्मचारीहरुलाई पुरस्कृत समेत गरेका थिए ।

उपकुलपति प्राडा बरालले क्याम्पसको स्थलगत अध्ययन गर्दै विद्यार्थीको शैक्षिक उन्नयनको अवस्था,सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम, शिक्षकहरुको उपलब्धता र कठिनाई, प्रयोगशालाहरुको अवस्था साथै विद्यार्थीहरुको सिकाईमा देखिएको उपलब्धी र कठिनाईहरुको बारेमा जनकारी लिएका हुन् ।

स्थलगत अध्ययनका क्रममा उनले क्याम्पसको शैक्षिक, भौतिक संरचना एवम् प्रशासनिक अवस्थाको बारेमा जानकारी लिएको त्रिवि सूचना महाशाखाले जानकारी दियो ।

कास्कीको पोखरामा अवस्थित पृथ्वीनारायाण क्याम्पस, परिश्चामञ्चल क्याम्पस, नर्सिङ्ग क्याम्पस पोखरा, वनविज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र २ लमजुङ क्याम्पस,लमजुङ र गोरखा क्याम्पस,गोरखासँग क्याम्पसको समग्र विकास,अनुसन्धानको अवस्था, शिक्षकहरुको प्राज्ञिक उन्नयन र विद्यार्थीको सार्थक सिकाईका विविध पक्षहरुमा उनले सरोकारवालासंग छलफलसमेत गरेका छन् ।

उनले पृथ्वीनाराण क्याम्पसलाई आफ्नो कार्यकालमा गण्डकी प्रदेशकको शैक्षिक उत्कृष्टताको केन्द्र र डिग्री उपाधि प्रदान गर्नसक्ने क्याम्पसको रुपमा विकसित गर्ने आफ्नो सोचपत्रमा उल्लेखित विषयलाई प्राथमिकतामा राख्ने योजना रहेको बताए ।

पश्चिमाञ्चल क्याम्पसमा प्रयोगशालालाई स्तरोन्नती गरी विद्यार्थीहरुको सिकाईलाई प्राथमिकतमा राख्न क्याम्पस प्रशासन समक्ष छलफल समेत गरेका छन् । नर्सिङ क्याम्पसलाई आवश्यक ३०० शैयाको अस्पतालका लागि सरकार लगायत सहयोगीसंस्थाहरुमा आवश्यक पहल गर्ने प्रतिवद्धता समेत उनले अवलोकनका क्रममा गरेका छन् ।

गण्डकी प्रदेशका आंगिक क्याम्पसको भौतिक पूर्वाधारको अवस्था तुलनात्मक रुपमा सृदृढ रहेको र प्रयोगशालाहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उपकुलपति प्राडा बराललको धारणा रहेको छ । लामो समयसम्म त्रिवि सेवा अयोगका महत्त्वपूर्ण पदहरु रिक्त रहनु, आयोगको विश्वसनियतमा समस्या देखापर्नुका साथै केही कानुनी अडचनहरुका कारण शिक्षक÷कर्मचारीहरुको पदोन्नती र नियुक्तीमा अवरोध भएको बताए ।

 

A Levels MA