विद्यालय शिक्षा सम्बन्धी विधेयकमा संसदमा सैद्धान्तिक छलफल सुरु

संघीय संसदमा आजदेखि विद्यालय शिक्षा सम्बन्धी विधेयक, २०८० मा   सैद्धान्तिक छलफल सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले सो विधेयक संसदमा छलफल होस् भन्ने प्रस्ताव पेस गरेका छन् ।

अहिले संसदमा संसदले विधेयक माथि आफ्ना कुरा राखिरहेका छन् ।

सो छलफलमा बोल्दै संसद् विद्या भट्टराईले शिक्षा विधेयक अस्पष्ट तथा सरोकारबालासंग छलफल नगरी भएको बताइन् । उनले अपांगता भएका र विशेष शिक्षकलाई कसरी व्यवस्था गर्ने भन्ने विषयमा विधेयक बोल्न सकेन, सम्झौता कहाँ छन् संसदलाई थाहा नभएको बताइन् ।खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट हुनु पर्ने बताइन् ।