After SEE Portal

स्वयम् सेवक शिक्षकको परिचालन (शिक्षण स्वयम् सेवक परिचालन कार्याविधि,२०७६ सहित)

Bridge Course

कार्यविधि अनुसार अङ्ग्रेजी, गणित र विज्ञान तथा प्राविधिक धारको पाठनपाठन भइरहेको तर शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक   शिक्षक खटाइने, पारिश्रमिक २४ हजारदेखि ३२ हजारसम्म दिइने ।

स्नातक वा स्नात्तकोत्तर गरेका युवाले स्वयम् सेवक  शिक्षकका रुपमा काम गर्न पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ अभियान मार्फत स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेका युवालाई शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक शिक्षकका रुपमा खटाउने भएको हो । संसदको संयुक्त बैठकमा गत वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ अभियान सञ्चालन गरी स्नातक युवाहरुलाई फेलोसिप सहित परिचालन गर्ने कार्यकम उल्लेख गरिएको थियो । उक्त कार्यक्रम कार्यान्वयनका लागि  कार्यविधि तयार गरिएको मन्त्रालयले जानकारी दियो । 

मन्त्री परिषद्को माघ २९ को निर्णय अनुसार मन्त्रालयले सो कार्यक्रमका लागि कार्यविधि पारित गरिसकेको छ । कार्यविधि अनुसार विषयगत शिक्षक अभाव भएका सामुदायिक विद्यालय र प्राविधिक धार सञ्चालन भएका विद्यालयमा स्वयम् सेवक  शिक्षकले शिक्षण गर्न पाउने भएका छन् ।

कार्यविधि अनुसार अङ्ग्रेजी, गणित र विज्ञान विषयका लागि स्वयम् सेवक शिक्षक खटाइने भएको छ । सामुदायिक विद्यालयका अनिवार्य तीन विषय तथा प्राविधिक धारको शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले मन्त्रालयले यो कार्यक्रम ल्याएको मन्त्रालयले जानकारी दियो ।

शिक्षा विकास तथा मानव स्रोत केन्द्रका अनुसार स्वयम् सेवक शिक्षक परिचालनका लागि केन्द्रीय स्तरमा ‘शिक्षण स्वयम् सेवक  तथा परिचालन समिति गठन गरिने भएको छ ।

उक्त समितिको संयोजक मन्त्रालयको सचिव हुने कार्यविधिले व्यवस्था गरेको छ । केन्द्रले प्रदान गरेको शिक्षक दरबन्दीका आधारमा शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक शिक्षकले शिक्षण गर्न पाउने भएका छन् ।

स्वयम् सेवक शिक्षकले साप्ताहिक २४ घण्टी पढाउनु पर्ने व्यवस्था कार्यविधिले गरेको छ । कार्यविधि अनुसार स्वयम् सेवक शिक्षकको अन्य विद्यालयमा सरुवा नहुने व्यवस्था छ । कार्यविधिले स्वयम् सेवक  शिक्षक नियुक्तिका लागि इकाइ, स्थानीय तह र विद्यालयको छुट्टा छुट्टै भूमिका हुने व्यवस्था गरेको छ ।

कार्यविधि अनुसार स्वयम् सेवक शिक्षकलाई तीन वर्गमा विभाजन गरिने भएको छ । कार्यविधिको अनुसूची तीन अनुसार क वर्गका स्नातकतह उत्तीर्णलाई ३० हजार, ख वर्गका स्वयम्सेवक शिक्षकलाई २८ हजार र ग वर्गका शिक्षकलाई २६ हजार र घ वर्गका शिक्षकलाई २४ हजार पारिश्रमिक प्रदान गर्ने भएको छ ।

त्यस्तै स्नातकोत्तर तह उत्तीर्ण क वर्गलाई ३२ हजार, ख वर्गकालाई ३० हजार, ग वर्गका शिक्षकलाई २८ हजार र घ वर्गका शिक्षकलाई २६ हजार पारिश्रमिकको व्यवस्था गर्ने भएको छ । 

शिक्षण स्वयम्सेवक परिचालन कार्यविधि, २०७६ हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books