A Levels MA

नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेकोः प्रधानमन्त्री

प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेको बताए ।

विद्युतीय माध्याम (अनलाइन) प्रविधिको प्रयोगबाट आयोजना गरिएको सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले सीमित स्रोत र साधनको कठिनाईका बाबजुत विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरको उच्चशिक्षा उपलब्ध गराउँदै आएकोमा आगामी दिनमा थप अनुसन्धानमुखि एवम व्यवहारिक शिक्षालाई प्रोत्साहन गर्नुपर्ने बताए ।

नेपालको सन्दर्भमा त्रिविनै आधुनिक शिक्षाको धरोहर भएको भन्दै हाम्रालाई त्रिभुवन विश्वविद्यालय ख्यातिप्राप्त तक्षशिक्षा,नालान्दा,अक्सफोड र क्याव्रिज विश्वविद्यालय सरह रहेको भन्दै उनले विश्वविद्यालयले देशको मौलिक ज्ञान,चेतना,सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे । उच्चशिक्षा मौलिक,विश्वस्तरीय एवम् प्रतिस्पर्धी हुनुपर्ने धारण राख्दै मुलुकको चौतर्फी आवश्यकतालाई सम्वोधन गर्ने शिक्षा र्वर्तमान युगको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले कोेभिड १९ बाट सिर्जित विश्वपरिस्थितिलाई अवसरको रुपमा परिणत गर्दै उच्चशिक्षा थप सिर्जनशील एव उत्पादनमुखी बन्नुपर्ने धारणा व्यक्त गरे ।

उनले आफ्नो वासस्थानलाईनै शिक्षणसिकाईको महत्वपूर्ण स्थानको रुपमा विकसित गर्दै शिक्षालाई बहुआयामिक बनाउने अवसरको रुपमा लिन सम्पूर्ण शिक्षक एवम् प्राध्यापकहरुलाई अनुरोध समेत गरे ।

कोभिड १९ का कारण नेपालको शैक्षिक व्यवस्थापनमा थप चुनौती थपिएको भन्दै उनले बैकल्पिक शिक्षण विधिको उपयोग गरी शैक्षिक सत्रलाई कायम राख्ने बताए ।

शिक्षा मन्त्री पोखरेलले शिक्षामा बजेट कटौती हुने अवस्था अबका दिनमा नआउने भन्दै प्राप्त शैक्षिक अवसरलाई कार्यान्वयन गर्न सम्पूर्ण शैक्षिक प्रतिष्ठानहरुलाई आग्रह समेत गरेका छन् ।

त्रिविको पुनःसरंचनाबाट नै मुुलुकको समग्र उच्चशिक्षाको पूनःसंरचना हुने भन्दै उनले विश्वविद्यालको भिमकाय स्वरुपनै कतिपय अवस्थामा चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधि नवप्रवर्तन केन्द्रको निर्माण गरिएको, अनुसन्धानमा थप बजेटको व्यवस्था गरिएको, पूर्वाधार निर्माणलाई थप क्रियाशील गरिएको, विश्वविद्यालयको अन्तर्राष्ट्रिय स्तरनिर्धारणमा उल्लेख्य उपलब्धी प्राप्त गर्न सफल भएको,कक्षाकोठामा प्रविधिको पहुँच विस्तार गरिएको,लामोसमयदेखि विश्वविद्यालयको समस्या बन्दै आइरहेको निवृत्तिभरणको दीर्घकालीन समाधान खोजिएको बताए ।

उनले संवैधानिक निकायमा विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुलाई अवसर दिन र प्राध्यापकहरुको मर्यादाक्रमलाई कार्यान्वयन गर्न समेत कुलपतिसमक्ष अनुरोध गरेका थिए ।

त्रिविको आर्थिक बर्ष २०७७।०७८ का नीति कार्यक्रम तथा बजेट परित

त्रिभुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक बर्ष २०७७।०७८ का नीति, कार्यक्रम तथा बजेट परित गरेको छ । त्रिविले आर्थिक बर्ष २०७७।०७८ का लागी रु २१ अर्ब ८६ करोड ४५ लाख २२ हजार बजेट पारित गरेको छ । त्रिविलाई प्रविधीमैत्री बनाउने, अनुसन्धानमुलक प्राज्ञिक गतिविधिलाई बढावा दिने, परिक्षा र नजिता समयमै सम्पन्न गर्ने, आर्थिक मितव्यिता अपनाई विश्वविद्यालयमा सुशासन गरी प्रतिस्पर्धी बनाउने निर्णय समेत गरेको छ ।

त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले सभासमक्षण आर्थिक वर्ष २०७७।०७८ को निजी तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०७७।०७८का लागी प्रस्ताविक बजेट रु २१ अर्ब ८६ करोड ४५ लाख २२ हजारमा नियमित कार्यक्रम तर्फ रु ११ अर्व ९५ करोड ३९ लाख ६६ हजार रहेको छ भने आन्तरिक तर्फ संचालन तथा पुँजीगत खर्च ९ अर्व ५१ करोड ५ लाख ५६ हजार र विकास कार्यक्रममा रु ४० करोड रकम प्रस्ताव गरिएको छ ।

साथै आगामी बर्ष नियमित कार्यक्रममा हुने कुल खर्च ११ अर्ब ९५ करोड ३९ लाख ६६ हजार मध्ये केन्द्रीय आन्तरिक आम्दानीबाट रु १ अर्ब ५० करोड व्यर्होने र बाँकी १० अर्ब ४५ करोड ३९ लाख ६६ हजार विश्वविद्यालय अनुदान आयोग मार्फत नेपाल सरकारसँग अनुदान मार्ग गर्ने समेत प्रस्ताव गरिएको छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय सभाले त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को परिच्छेद १७ को १०८ को (ख), (ग) र नियम १३३ बमोजिम पुनरावदेन आयोगको सदस्य पदमा त्रिवि कार्यकारी परिषदको निर्णयानुसार मनोनयन हुनु भएका सदस्यहरु प्राध्यापक तिर्थराज पराजुली र प्राध्यापक केशव सुवेदीको मनोनयन अनुमोदन गरेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट निवृत्त शिक्षक कर्मचारी त्रिभुवन विश्वविद्यालय वा नेपाल सरकारको कुनै पदमा नियुक्त भएमा निवृत्तिभरण प्रदान गर्ने सम्बन्धमा त्रिवि कार्यकारी परिषद्को असार २०को बैठकको निर्णय नं.२५१६ बाट सिफारिस भए बमोजिम त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को नियम ५४ उपनियम (५क) र (५ख)मा समेत संशोधन गरेको छ ।

सभामा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालले कोेभिड १९ को संक्रमणको जटिल परिस्थितिको कारण विद्युतीय माध्यमको प्रयोग गरी विश्वविद्यालयको सभा सञ्चालन गर्नुपरेको बताउँदै कठिनाईपूर्ण पस्थितिको बावजुत पनि सभामा उपस्थिति हुनुहुने सम्पूर्ण त्रिभुवन विश्वविद्यालय सभाका सदस्यहरुप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

त्रिविको सभामा सभासदहरु त्रिवि प्राध्यापक संघका अध्यक्ष डा. बसन्त ढकाल, पब्लिक क्याम्पसहरु मध्येवाट क्याम्पस प्रमुख भोलानाथ ओझा, नेपाल प्राध्यापक संघका अध्यक्ष प्राडा बुद्धराज थापा, रत्नराज्य लक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख जीवनधर ज्ञवाली, पब्लिक क्याम्पस संघका अध्यक्ष शिवराज सञ्जेल, रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति तपेन्द्रजंग शाही, जनसंख्या अध्ययन केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा गोविन्द सुवेदी, त्रिवि कर्मचारी संघका केन्द्रीय अध्यक्ष भोजराज राउत,प्राध्यापक लक्ष्मी प्रसाद मैनाली, दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा मिग्रेन्द्र बहादुर कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Thuprai - Books and E-books