After SEE Portal

शिक्षाका सहसचिवहरुको सरुवा

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सेवाका सहसचिवहरुको सरुवा गरेको छ ।

उपसचिव चन्द्रकान्त भुसाललाई व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (दोस्रो)बाट शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) मा, सहसचिव शिवकुमार सापकोटालाई ईआरओबाट चिकित्सा शिक्षा आयोगमा सरुवा गरिएको छ ।

त्यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सहसचिव डिल्लीराम लुईँटेललाई केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मा , सहसचिव डा. भोजराज काफ्लेलाई चिकित्सा आयोगबाट इभेन्ट परियोजनामा, सहसचिव रामशरण सापकोटालाई केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)बाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

यसअघि पाठ्यक्रम विकास केन्द्रको महानिर्देशकमा वैकुण्ठ अर्याललाई सरुवा गरिएको थियो । त्यसअघि अणप्रसाद न्यौपाने महानिर्देशक थिए ।a

A Levels MA
Thuprai - Books and E-books