After SEE Portal

शिक्षाका उपसचिवहरुको सरुवा

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका १७ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयमा हाजिर गराएको ठिक तीन महिनापछि उनीहरुको सरुवा गरिएको हो । 

उपसचिव देवकुमार बराल शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोट, लक्ष्मी भट्टराई शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भरतबहादुर श्रेष्ठ शिक्षा विकास तथा समन्वय एकाइ बारा, बाबुराम पोखरेल शिक्षा विकास तथा समन्वय एकाइ उदयपुर, निर्मलकुमार घिमिरे शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुली, यामबहादुर खड्का शिक्षा विकास तथा समन्वय एकाइ धादिँग, दिनानाथ गौतमलाई शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरमा सरुवा गरिएको छ । 

त्यस्तै, अर्जुनबहादुर रायमाझी परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, लोकनाथ आचार्य पनिका कक्षा १०, लक्ष्मण देवकोटा रापबोर्ड कास्की, शिवप्रसाद रेग्मी राष्ट्रिय किताबखाना (शिक्षक), मदनराज जोशी शिक्षा विकास तथा समन्वय एकाइ कन्चनपुर, शान्तिराम पौडेल पनिका कक्षा १०, प्रेमराज खरेल पाठ्यक्रम विकास केन्द्र, अर्जुनबहादुर श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ईश्वरीप्रसाद ज्ञवाली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सालिकराम भुसाललाई पाठ्यक्रम विकास केन्द्रमा सरुवा गरिएको सूत्रबाट थाहा भएको छ । अधिकृत असोककुमार रौनियारलाई शिक्षा विकास तथा समन्वय एकाइ धनुषाको कायम मुकायम प्रमुखको जिम्मेवारी दिइएको छ ।

A Levels MA