After SEE Portal

समयको प्रयोग सम्वन्धी सर्वेक्षण २०२२ सार्वजनिक

Bridge Course

त्रिभुवन विश्वविद्यालय र सगुन नेपालको सहकार्यमा गरिएको सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

नेपालमा सामाजिक समावेशिता र लैङ्गिक समानतालाई मध्यनगर गर्दै समयको प्रयोग सम्वन्धी सर्वेक्षण २०२२ सार्वजनिक गरिएको हो ।

गएको २० वर्षको अवधिमा महिला घर बाहिर काम गर्न थालेको, पढेलेखेको भएपनि रोजगारी पाउन मुश्किल भएको, श्रम विभाजनको लैङ्गिक धारणा परम्परागत सोचमा आधारित भएको समेत सर्वेक्षणले देखाएको छ । सोही कारण ७५ प्रतिशत महिला घरायसी काममा नै बढी देखिएको छ भने महिलाहरुका लागि समयको  अभाव देखिएको सगुन नेपालका अध्यक्ष डा मुक्त सिंह लामाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सो प्रतिवेदन मुलुकभरका ३५ जातजातिका हरेक १०० घरका महिला र पुरुष गरी ३५०० जनासंग गरिएको कुराकानी तथा प्रश्नोत्तरका आधारमा तयार गरिएको ो लामाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सर्वेक्षणमा समयको प्रयोगका विषयमा आम्दानी हुने काममा उपयोग गरिने समय, घरायसी काम, बालबालिकाको स्याहारमा दिने समय, स्वयंसेवकका रुपमा समाजमा दिएको समय , व्यत्तिगत सुरक्षका लागि छुट्याएको समय समेतलाई आधार मानिएको छ ।

सोही आधारमा पुरुषहरुले घरायसी कामका लागि दैनिक २ छुट्याएको समय समेतलाई आधार मानिएको छ ।

सोही आधारमा पुरुषहरुले घरायसी कामका लागि दैनिक मुश्किलले २ घण्टा प्रयोग गरिएको देखिएको छ भने महिलाहरुले ६ घण्टा उपयोग गरेको सर्वेक्षणले देखाएको छ ।

त्यस्तै जति गरिव हुँदै गयो त्यत्तिनै समयको अभाव एवं कम फुर्सद हुने र धनी व्यक्तिहरुको समय धेरै र फुर्सद अत्यधिक हुने गरेको सर्वेक्षणको तथ्यांकमा उल्लेख गरिएको छ ।

समयको प्रयोग सम्वन्धी सर्वेक्षणले नेपालमा श्रम लैङ्गिक हिसावले श्रम विभाजन अन्याय पूर्ण रहेकोले काननू र शिक्षाका माध्यमबाट विभेदकारी श्रम विभाजनको अन्त्य गरिनु पर्ने समेत सर्वेक्षणको नतिजामा उल्लेख गरिएको छ ।

अनुसन्धान कार्यमा त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका डा सहप्राध्याक जीवन पौडेल र प्राध्यापक विनोद पोख्रेल पनि संलग्न भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

A Levels MA