A Levels MA

ताप्लेजुङका तीनओटा पालिकाका विद्यालय राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि छनोटमा परेनन्

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ताप्लेजुङका तीनओटा पालिकाका एउटा पनि विद्यालय पर्न सकेनन् । देशभरका हरेक पालिकाबाट आवश्यकताका आधारमा स्थानीय तहले छनोट गरेका विद्यालयलाई प्रदान गरिने भनिएको अनुदान पाउनबाट तीन ओटै पालिकाका विद्यालय बञ्चित भएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त कार्यक्रमका लागि  ३ हजार ४७५ विद्यालय छनोट गर्दा सिरिजङ्गा, पाथीभरा याङ्वरक र फक्ताङलुङ गाउँपालिकाका  एउटा पनि विद्यालय नपरेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराईले तीनओट पालिकाका कुनैपनि विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा नपरेको जानकारी दिए । तीनओटा पालिकाका कुनै पनि विद्यालय छनोटमा नपरेपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इकाइले ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

नौ स्थानीय तह रहेको ताप्लेजुङका छ स्थानीय तहका २२ ओटा विद्यालय भने छनोट भएका छन्। मिक्वाखोला गाउँपालिका किलिङ आधारभूत विद्यालय र राजेश्वरी आधारभूत विद्यालय  २ कोठे भवन निर्माणका लागि समान २७ लाख ५० हजार रुपियाँका  दरले अनुदान पाउने भएका छन्। पञ्चेश्वरी माविले भने ४ कोठे भवनका लागि ५५ लाख रुपियाँ अनुदान पाउने छ।

मेरिङ्देन गाउँपालिकाका ४ वटा विद्यालयले अनुदान पाउने भएका छन्। पृथ्वी माध्यमिक विद्यालयले ४ कोठे भवन निर्माणका लागि ५५ लाख तथा राजारानी आधारभूत विद्यालय र जनज्योति आधारभूत विद्यालय प्रत्येकले २–२ कोठे भवन निर्माणका लागि सामान २७ लाख ५० हजार रुपैयाँका दरले अनुदान पाउने भएका छन्।

यस्तै फुङ्लिङ नगरपालिका ५ वटा विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फतको अनुदान पाउने भएका छन्। फुनपाका वीरेन्द्र माध्यमिकविद्यालय र दुर्गम क्षेत्र आधारभूत विद्यालय प्रत्येकले ४–४ कोठे भवन निर्माणका लागि समान ५५ लाख रुपैयाँ अनुदान पाउने छन्। यस्तै फुनपाकै मेवाराजा आधारभूत विद्यालय र शिव आधारभुत विद्यालय प्रत्येकले २ कोठे भवन निर्माणका लागि सामान २७ लाख ५० हजार रुपैयाँ अनुदान पाउँदा सिद्धकाली माध्यमिक विद्यालयले आइसिटीका लागि ६ लाख ५० हजार रुपैयाँ अनुदान पाउने भएको छ।

भने,आठराइ त्रिबेणी गाउँपालिकाका ४ वटा विद्यालयले अनुदान पाएका छन्। जस अनुसार आम्बोटे आधारभूत विद्यालयले ४ कोठे भवन निर्माणका लागि ५५ लाख र जनकल्याण आधारभुत विद्यालयले २ कोठे भवन निर्माणका लागि रुपियाँ अनुदान पाउँदा सरस्वती आधारभूत विद्यालय र सिरिजङ्गा आधारभूत विद्यालय प्रत्येकले आईसिटीका लागि सामान ६ लाख ५० हजार रुपैयाँका दरले अनुदान पाउने छन्।

त्यस्तै सिदिङ्वा गाउँपालिकाकाका ४ विद्यालयले अनुदान पाउने गरी छनौट भएका छन्। जसअनुसार जलेश्वरी आधारभूत विद्यालय र सिंहदेवी आधारभूत विद्यालयले २ कोठे भवन निर्माणका लागि २७ लाख ५० हजार रुपियाँका दरले अनुदान पाउने भएका छन्। निलगिरी माध्यमिक विद्यालयले आइसिटीका लागि ६ लाख ५० हजार र साब्लाखुस्थित सरस्वती माध्यमिक विद्यालयले ४ कोठे भवनका लागि ५५ लाख रुपियाँ पाउने भएको छ ।

मैवाखोला गाउँपालिकाका २ वटा विद्यालयले अनुदान पाउने भएका छन्। मैवाखोला माध्यमिक विद्यालयले ४ कोठे भवन निर्माणका लागि ५५ लाख र पार्टीडाँडा माध्यमिक विद्यालयले २ कोठे भवन निर्माणका लागि २७ लाख ५० हजार अनुदान पाउने भएका छन्। मेरिङदेनकै सुर्के माध्यमिक विद्यालयले आईसिटीका लागि ६ लाख ५० हजार रुपियाँ अनुदान पाउने भएको छ। 

Thuprai - Books and E-books