A Levels MA

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय छनोट (विद्यालय र कार्यक्रम् सहित)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय  विद्यालय छनोट गरेको हो ।

‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि,२०७६’ निर्देशक समितिको बैठकबाट यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९–८० मा साउनबाट नै कार्यन्वयन  गर्ने गरी प्रस्ताव आव्हान गरेको थियो ।

राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने   विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रम प्रस्ताव पेश गरेका थिए ।

 यो कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत  चालु शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि ८ अर्ब  ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।

छानेट भएका विद्यालय र कार्यक्रमः

Thuprai - Books and E-books