After SEE Portal

एसईईको नतिजामा पुर्योगका लागि साउन ५ गते भित्र निवेदन दिनुपर्ने

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को पुनर्योग गर्न चाहनेले साउन ५ गते भित्र आवेदन दिन सूचना जारी गरेको छ ।

साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा आवेदन खुला गरेको हो ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा वा सिधै सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा आएर पुनर्याेगका लागि आवेदन दिन सकिने जानकारी दिए । सम्बन्धित एकाइले  सूचनाका आधारमा  आवश्यक व्यवस्था गर्न बोर्डले सूचनामार्फत निर्देशन समेत दिएको  छ ।

A Levels MA