After SEE Portal

पाठ्यपुस्तक कस्ले छाप्ने अन्योल कायमै, सबै कक्षाका छाप्न सक्छौं जनक शिक्षा

Bridge Course

नयाँ शैक्षिक सत्र सुरु हुन अब करिब साढे तीन महिना मात्र बाँकी छ । विगत वर्षमा जस्तो यो वर्ष पनि पाठ्यपुस्तक कस्ले छाप्ने भन्ने विषय निर्ण गर्न सरकारले ढिला गर्ने निश्चित देखिएको छ ।

पाठयक्रम विकास केन्द्रले पाठ्यपुस्तक छपाइका लागि आवश्यक निर्णयको माग गर्दै गत कार्तिक अन्तिम साता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुझाव सहितको फाइल पठाइ सकेको भए पनि मन्त्रालयले आवशयक निर्णय गर्न सकेको छैन ।

 गत वर्ष पनि सरकारले माघ ११ गते मात्र कक्षा १–५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजी प्रकाशन गृहलाई दिने निर्णय गरेको थियो । त्यो भन्दा अघिल्लो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्मको पुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो ।

गत वर्ष पुस २९ गते प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशनमा तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले कक्षा १ देखि ५ सम्मका २५ लाख ११ हजार विद्यार्थीका लागि एक करोड २० लाख थान किताब छाप्ने जिम्मेवारी निजी क्षेत्रलाई दिने निर्णय गरेका थिए। उक्त निर्णय केन्द्रले माघ १० गते मात्र सार्वजनिक गरेको थियो ।

सरकारले गत र्ष कक्षा १ देखि ५ कक्षाको पाठ्यपुस्तक निजी प्रकाशनलाई र ६ देखि १२ सम्मको जनक शिक्षा सामग्री केन्द्रलाई छाप्न दिएको थियो ।

आगामी शैक्षिक सत्रका लागि पनि दलका नेताकै भनसुनका आधारमा व्यापारिक घरनाका छापाखानालाई मोटो कमिशन लिएर छाप्न दिने तयारीमा रहेको मन्त्रालय स्रोतले जानकारी दियो । जनक शिक्ष्ाँ सामग्री केन्द्रलाई मात्र पाठ्यपुस्तक छाप्न दिँदा समयमा नै उपलब्ध गराउन नसक्न्े भन्दै सरकार आफ्ना कार्याकर्तालाई पाठ्यपुस्तक छपाउन दिन तयारीमा रहेको मन्त्रालयका एक अधिकृतले बताए ।

 गत मंसिर १२ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माको अध्यक्षमा केन्द्रमै यस विषयमा बैठक बसेको थियो । बैठकमा जनक शिक्षाका महाप्रबन्धक अनिल झाले कक्षा १–१० सम्मका पाठ्यपुस्तक छपाउन दिए आफूहरूले समयमा नै छपाइ गर्न सक्ने धारणा राखेका र्थि । पाठ्यपुस्तक छपाइको निर्णय चाँडो गर्न सरकारलाई आग्रह गर्दै उनले भने, ‘ १ देखि १० सम्मको आवश्यक पर्ने पुस्तक मध्ये १ करोड ६० लाख थान पाठ्यपुस्तक मध्ये ६० लाख थान मात्रै छाप्न बाँकी छ, १–५ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा पाए समयमै विद्यार्थीको हातमा पुर्याउन सक्छौं, कक्षा ३ का केही पाठ्यपुस्तक छपाई समेत गरिसकेका छौ ।’

सबै पाठ्यपुस्तक छपाइको जिम्मा बेलैमा पाए गत वर्ष जस्तै समयमा नै पाठ्युस्तक विद्यार्थीको हातमा पुर्याउने उनले प्रतिवद्धता व्यक्त गरे ।

पाठ्यपुस्तक कसकसले छाप्ने भन्ने आधिकारिक निर्णय भइनसकेको तर छलफलका क्रममा रहेको प्रवक्ता शिवकुमार सापकोटाले बताए ।

A Levels MA