After SEE Portal

शिक्षक सेवा आयोगले पुनः तीनै तहका शिक्षक छनोटका लागि विज्ञापन गर्ने

Bridge Course

विद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुन तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको छ । 

शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ।

आयोगले बार्षिक कार्यतालिका अनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दी र गत वर्षको विज्ञापनमा पुरा हुन नसकेका दरबन्दी अनुसार विज्ञापन गर्ने तयारी थालेको जनाएको छ ।

आयोगले बार्षिक कार्यतालिका अनुसार मंसिरमा प्राथमिक तह, पुसमा माध्यमिक तह र माघमा निम्नमाध्यमिक तहको विज्ञापन गर्ने छ ।

आयोगका अनुसार चालु शैक्षिक सत्रको चैत्र मसान्तसम्म रिक्त हुने दरबन्दी विवरण केन्द्रले पठाउनसाथ विज्ञापन गर्ने तयारी थालेको छ ।

आयोगले २०७८ माघमा सञ्चालन गरेको माध्यमिक तहको परीक्षामा सहभागी ३५ हजार ५५६ जना परीक्षार्थी मध्य ३ हजार ८८६ परीक्षार्थी मात्र सामान्य परीक्षामा सफल भएका थिए। सामान्य परीक्षा सफल भएका मध्ये माविका अधिकांश विषय शिक्षक नियुक्तिका लागि आयोगले सिफारिस गरिसकेको छ । आयोगले माविका सबै विषयको नतिजा प्रकाशन गरे लगत्तै निमाविको विषयगत नतिजा सार्वजनिक गर्ने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books