After SEE Portal

भर्ना अभियान अघि बढाउने विकल्प खोज्दै प्रदेश सरकार

Bridge Course

प्रदेश सरकारले लकडाउनको अवधिमा विद्यार्थी भर्ना अभियानलाई अघि बढाउने गरी बैकल्पिक व्यवस्था गर्न स्थानीय तह र विद्यालयलाई परिपत्र गरेको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश ५ सरकारले विद्यालय तहमा नतिजा प्रकाशन र पाठ्यपुस्तक वितरण सम्वन्धमा एक सय ९ वटा स्थानीय तहलाई परीपत्र गरेको हो ।

परिपत्रमा भनिएको छ,‘नतिजा प्रकाशन पश्चात् भर्नाको लागि लकडाउन तथा सामाजिक दुरीलाई कायम गर्दै उपयुक्त वैकल्पिक माध्यमबाट भर्नाको व्यवस्था मिलाउन स्थानीय तहसंग समन्वय गर्ने ’ प्रदेश सरकारले विद्यालय तहमा कक्षा १ देखि ९ सम्मका नतिजाहरु क्रमशः प्रकाशन गर्ने व्यवस्था मिलाउन स्थानीय तहसंग समन्वय गर्न अनुरोध गरेको छ ।

नतिजा प्रकाशन भएपश्चात् विद्यालयले विद्यार्थीहरुलाई यथासंभव कक्षागत पाठ्यपुस्तकहरुको व्यवस्था गर्न आग्रह गरेको छ । परिपत्रमा भनिएको छ, पाठ्यपुस्तक विक्री वितरणका लागि अन्य खाद्य तथा औषधिजन्य सामग्री सरह सामाजिक दुरी कायम गर्दै सुरक्षा सतर्कता अपनाउने र ढुवानीका लागि गाडी पास उपलब्ध गराउन अनुरोध गर्ने ।’

A Levels MA