After SEE Portal

एसईई नरोकिने, तीन हप्ता बालबालिका घरैमा

Bridge Course

आगामी बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सोमबार एक अपील जारी गर्दै एसईईको सम्पूर्ण तयारी सकिएको हुनाले उच्च सर्तकताका साथ परीक्षा सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

चैत्र ६ गते देखि तीन हप्तासम्म अन्य बालबालिकालाई घरैमा राख्न र बस्न अपिल गरेका छन् । तीनहप्ता देशभरका करीव ७० लाख विद्यालय जाने उमेरका बालबालिकाहरु घर परिवारमा नै रहनेछन् ।

कोरोना भाइरसको संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीहरुलाई घर वाहिर नजान एवम् यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखि विद्यालयमा साँस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न मन्त्री पोखरेलले सबैलाई सो अपीलमा अनुरोध गरेका छन् ।

चैत्र ६ गतेदेखि १७ गते सम्म सञ्चालन हुने एसईईमा देशभरका १ हजार ९९५ परीक्षा केन्द्रमा कुल ४ लाख ८२ हजार २१९ छात्रछात्राले परीक्षा दिँदै छन् । परीक्षा सञ्चालनका सबै तयारी पुरा भै सकेको र विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेको हुसनाले एसईई सञ्चालन गर्न लागिएको सो अपीलमा उल्लेख गरिएको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञ तथा शिक्षाका सरोकारवालहरुसँगको परामर्श र छलफल पश्चात् माननीय उपप्रधानमन्त्रीज्यूको संयोजकत्वमा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय अनुगमन समितिमा भएका छलफल तथा विश्लेषण समेतका आधारमा एसईई परीक्षा पूर्व निर्धारित समय तालिका अनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन एवम् व्यवस्थापन गर्ने गराउने प्रवन्ध गरिएको सो अपीलमा उल्लेख गरिएको छ।

विद्यार्थीहरुलाई परीक्षाकेन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रवन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरी सकिएको सो अपीलमा उल्लेख छ।

यतिवेला कोरोनाको संक्रमण रोकथाम गर्ने र एसईई परीक्षालाई मनोवैज्ञानिक एवम् त्रासमुक्त वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी पुरा गर्नुपर्ने स्थिति छ । विद्यार्थीहरुलाई साबुन प्रयोग गरी हात धुने,मास्कको प्रयोग गर्ने, अरुसँग हात नमिलाउने, सकभर भीडभाडमा नजाने लगायतका व्यक्तिगत सुरक्षाका तरीका अपनाउन समेत आग्रह् गरिएको छ ।

अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्नुहुन सबै अभिभावकहरु र परीक्षा केन्द्रका आसपासमा रहेका स्थानीयलाई आग्रह गरिएको छ । यस सन्दर्भमा सोको अनुगमन र सहजीकरणको लागि स्थानीय तह र स्थानीय प्रशासनलाई मन्त्री पोखरेलले आग्रह गरेका छन् ।

A Levels MA
Thuprai - Books and E-books