Bachelors Portal

शिक्षकले उत्तर लेखिदिएको रहस्योद्घाटन

Managed Admission 2022

एक विद्यालयका सबै विद्यार्थीको उत्तरपुस्तिकामा शिक्षकले नै उत्तर लेखिदिएको तथ्य बाहिरिएको छ ।

यो प्रसंग कक्षा १२ को हो । कञ्चनपुरको महेन्द्रनगरस्थित होली फेमिली बोर्डिंग स्कुलबाट कक्षा १२ को परीक्षामा सम्मिलित भएका विद्यार्थीको उत्तरपुस्तिकामा शिक्षकले नै उत्तर लेखिदिएको फेला परेको छ । 

राष्ट्रिय परीक्षा बोर्ड सूत्रका अनुसार १४ जना विद्यार्थीको उत्तरपुस्तिकामा बद्माशी गरिएको फेला पारिएपछि सबैलाई रद्द गरिएको छ ।

अंग्रेजी, अर्थशास्त्र र लेखा विषयमा तीनजना शिक्षकले उत्तर लेखिदिएको पाइएको छ । बोर्डका पदाधिकारीका अनुसार एउटै व्यक्तिले सबै विद्यार्थीका उत्तरपुस्तिकामा उत्तर लेखिदिएको पाइएको छ । 

उनीहरुको सिद्धनाथ अमर मावि गढ्ढाचौकी परीक्षा केन्द्र तोकिएको थियो । रद्द गरिएकाले ती विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने हुन्छ ।

यो विषय बाहिरिएपछि रापबोर्डले उनीहरुको परीक्षा रद्द गरे पनि थप छानविन प्रक्रिया अगाडि बढाएको छैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमार्फत छानविन हुनुपर्ने भनाइ बोर्डका कर्मचारीको भए पनि माथिल्ला तहका पदाधिकारीले खासै चासो नदेखाएको बुझिएको छ ।

Select college / campus