A Levels MA

चैत ९ गतेबाट एसईई सञ्चालन गर्ने प्रस्ताव बोर्डमा

यस वर्ष (२०७९)को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ९ गते (बिहीबार)बाट सञ्चालन गर्न प्रस्ताव गरिएको छ । सोहीअनुरुपको परीक्षा तालिका तयार गरी राष्ट्रिय परीक्षा बोर्डमा पेस गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले यस्तो प्रस्ताव गरेको हो । 

राष्ट्रिय परीक्षा बोर्ड सूत्रका अनुसार सम्भवतः यसै साता बस्ने बोर्ड बैठकले एसईईको प्रस्तावित परीक्षा तालिकाका बारेमा निर्णय गर्नेछ ।

यस वर्षको एसईईमा सहभागी हुने ठ्याक्कै विद्यार्थी सङ्ख्या थाहा नभए पनि गत वर्ष कक्षा ९ मा पाँच लाख १३ हजारले रजिष्ट्रेसन फाराम भरेका थिए । 

 

Thuprai - Books and E-books