After SEE Portal

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

Bridge Course

नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रम् सार्वजनिक गरेको छ । महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघले अहिले पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरिरहेको छ ।

सार्वजनिक कार्यक्रम अनुसार साउन २८ गते आइतबार देशका हरेकमा पालिका कार्यालयमा सम्बन्धित पालिकाका शिक्षक(कर्मचारी उपस्थित भई ३ घण्टा (११ बजे देखि २ बजेसम्म) धर्ना दिने । धर्नाको समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारीपत्र पालिका समक्ष पेशगर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

साउन ३० गते मंगलबार हरेक जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा सम्बन्धित जिल्लाका शिक्षक–कर्मचारी उपस्थित भई ३ घण्टा धर्ना दिने भएको छ ।

साउन ३२ गते मंगलबार सबै प्रदेशका महासंघ तथा यसका आबद्धरसम्बद्ध संस्थाका प्रदेश समिति तथा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु जम्मा भई प्रदेशको सामाजिक विकास मन्त्रालयमा ३ घण्टा धर्ना दिने समापनमा ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारी पत्र पेश गर्ने कार्यक्रम तय गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

भदौ  १ गते शुक्रबार सबै प्रदेश तथा सङ्घीय सांसद समक्ष सम्बन्धित जिल्लाका महासंघ तथा आबद्ध–सम्बद्ध संस्थाका नेतृत्वले ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति बुझाउँदै सङ्घीय शिक्षा ऐन निर्माणमा विद्यालय शिक्षा र शिक्षक-कर्मचारीका मागमुद्दाको पक्षीकरणमा सहयोग गर्न आग्रह गर्ने  उल्लेख गरेको छ ।

 

A Levels MA