CMAT

ट्रेड युनियन अधिकार खोसेको भन्दै महासंघ सडकमा

Bachelors Portal

नेपाल शिक्षक महासंघले  आगामी असोज तीन गतेदेखि सडक आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा विधेयक, २०८०’  विरुद्ध महासंघ सडक आन्दोलनमा उत्रने भएको हो ।

महासंघले विद्यालय कर्मचारी र शिक्षकको माग मुद्दालाई सम्बोधन नगरेको भन्दै आन्दोलनको घोषणा गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा संविधान प्रदत्त ट्रेड युनियन अधिकार माथि अंकुश लगाउन खोजेको आरोप महासंघले लगाएको छ । असोज तीन गतेदेखि विद्यालय बन्दगरी काठमाडौं आउन शिक्षक कर्मचारीलाई महासंघले निर्देशन दिएको छ ।

नेपाल सरकारले २०८० भाद्र २७ गते विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसद सचिवालयमा दर्ता गराएको छ ।

Thuprai - Books and E-books
I Tech store