After SEE Portal

तीन महिनादेखि मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला,दुई दिनमा नखोले फोड्ने चेतावनी

Bridge Course

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आधा दर्जन बढी संघ संगठनले तीन महिना अघि लगाएको ताला अझै खुल्न सकेको छैन ।

गत असोज १२ गते देखि विभिन्न संघ संगठनले आआफ्ना माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयहरूमा लगाएको ताला अझै खुल्न नसकेको हो ।

केन्द्रीय कार्यलयमा लगाएको तालाका कारण विगत तीन महिनादेखि विश्वविद्यालय परिसरमा रहेका उपकुलपति,, रजिष्ट्रार कार्यालय र सम्पूर्ण ग्य्राजुएट स्कुलका डीन कार्यालयहरु, निर्देशनालयहरु, सेवा आयोग लगायतका अन्य कार्यालयमा ताला लगाइएको छ ।

लामो समयदेखि ताला नखुल्दा विश्वविद्यालयको दैनिक प्रशासनिक कामकाज ठप्प भएको छ भने शैक्षिक कार्यक्रम् समेत प्रभावित भएको छ ।

प्राध्यापक संघ संगठन तथा विद्यार्थी संघ संगठनसँग विश्वविद्यालयको उच्च स्तरीय वार्ता समितिले १४ पटक औपचारिक तथा अनौपचारिक छलफल तथा वार्ता संवाद गर्दा समेत निर्णयमा पुग्न नसकेको विश्वविद्यालयका रजिष्ट्रार  प्राडा नारायण प्रसाद पौडेलले बताए । ‘तीन महिना देखि केन्द्रीय कार्यालय तथा पदाधिकारी कार्यकक्ष तालाबन्दीमा पर्दा विश्वविद्यालयको सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधिहरु ठप्प भएको छ ।’ उनले भने, ‘विश्वविद्यालयको आव २०८०–०८१ को सम्पूर्ण निकायहरुको दोस्रो त्रैमासिक बजेट निकासा नहुँदा पदाधिकारी, प्राध्यापक र कर्मचारीहरुको तलव भत्ता लगायत सञ्चालन खर्च निकासा तथा भुक्तानीमा समेत अवरोध भएका छ ।’

विश्वविद्यालयको केन्द्रीय कार्यालय र अन्य निकायमा लागेको ताला दुई दिनभित्र (२०८० पुस १८ गतेसम्म) खोली सहयोग गर्न समेत तालाबन्दी गर्ने विभिन्न प्राध्यापक संघ संगठन तथा विद्यार्थी संघ संगठनलाई उनले अपिल गरेका छन् । ‘सबैलाई वार्ता र सम्बादका माध्यमबाट समस्या सुल्झाउन र दुई दिन भित्र ताला खोल्न आन्दोलनरत पक्षसंग अपिल गर्छु ।’ उनले भने, ‘बन्द सम्बन्धी विश्वविद्यालले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ यसलाई अटेर गरे दुई दिन पछि विश्वविद्यालयका सम्पूर्ण पदाधिकारीको निर्णय बमोजिम विश्वविद्यालयले प्रशासन तथा सुरक्षा निकायको समन्वयमा ताला तोडी कार्यालय सुचारु गर्न बाध्य हुने छ ।’

A Levels MA