A Levels MA

बोर्डले कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा माघ २ र ३ गते दिउसो ११ बजेदेखि दुई बजेसम्म सञ्चालन गर्ने भएको छ । रजिस्ट्रन नम्बरको सुरुको दुई अंक ७७ भएका र बोर्डको मापदण्ड पुरा गरेका परीक्षार्थीहरुलाई बढीमा दुइ विषयमा मात्र ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यावस्था सहित ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने भएको हो ।

बोर्डले गत भदौ ३० गते देखि असोज ८ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गरेको परीक्षामा थोरै जीपीए आएका विषयमा परीक्षा दिन पाउने भएका हुन् । परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई आगामी पुस १८ गतेभित्र आवेदन फारम भरिसक्नु पर्ने बोर्डले जारी गरेको सूच्नामा उल्लेख छ । विद्यार्थीले दोब्बर शुल्क सहित पुस २२ गते सम्ममा फारम विद्यालयमा बुझाउनु पर्ने बोर्डले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी सम्बन्धित विद्यालयले विद्यार्थीहरु द्धारा भरीएको फारम २६ गते सम्ममा बोर्डका कार्यलयहरुमा बुझाउनु पर्ने छ । अन्य सबै विषयमा सीं वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा सी वा डीग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई विषयमा

वा ती दुई मध्ये कुनै एक विषयमा ग्रेड वृद्धि (पूरक) परीक्षा दिन सक्नेछन् अन्य सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमाडी वा ई ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वद्धि परीक्षा दिन सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।  परीक्षाफल रद्द भएका परीक्षार्थीहरू भने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् ।

Thuprai - Books and E-books