A Levels MA

बोर्डद्वारा कक्षा १२ को पुरक, कक्षा ११ को आंशिक र पूर्वआवश्यक सामग्रीको नतिजा सार्वजनिक(नतिजासहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२),ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक), कक्षा ११ को आंशिक र पूर्वावश्यक पाठ्यक्रम अन्तर्गतका परीक्षार्थीहरुको पुनर्योगको नतिजा प्रकाशन गरेको छ ।

गत असोज ३० र ३१ गते सञ्चालित कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा, र जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालित कक्षा ११ को आंशिक परीक्षाको नतिजा  प्रकाशन गरेको छ ।

त्यसैगरी, गत कात्तिक २३ गतेदेखि २८ गतेसम्म सञ्चालित पूर्वावश्यक पाठ्यक्रमको वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीहरूको पुनर्योगको नतिजा प्रकाशन गरेको छ ।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले दश दिन पश्चात् सक्कल ग्रेडसिटसहित यस कार्यालयमा सम्पर्क  गर्न बोर्डले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

साथै पुनर्योगको नतिजा उपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरुले पन्ध्र दिनभित्र तोकिएको शुल्क (प्रति विषय रु २,०००) बुझाई बोर्डका सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा निवेदन पेश गर्न सक्ने  सूच्नामा उल्लेख गरिएको छ ।

 त्यसैगरी, पुस ३० गते सञ्चालन गरेको पूर्वावश्यक पाठ्यक्रमको मौका परीक्षाको परीक्षाफल  पनि प्रकाशन गरेको छ ।

Thuprai - Books and E-books